कावासोतीमा निरन्तर जुवाखाल : जुवाडेको भिष्टो उपल्लो निकायसम्म !

पुर्बपश्चिम लोकमार्गको दाउन्नेबाट पुर्ब नारायणीबाट पश्चिम नवलपुर जिल्ला अन्र्तगतका आरुङ्गखोला, डण्डा, कावासोती, देबचुली र गैंडाकोट नगरका सडक तथा जंगल नजिकैका क्षेत्रहरु अहिले जुवाडेको स्वर्गस्थलको रुपमा परिचित बन्दै गईरहेको छ ।

सदरमुकाम कावासोती डण्डामै प्रहरीसँगको सेटिङ्गमा लामोसमयदेखि जुवाखाल सञ्चालन भईरहेपनि उपल्लो निकायसम्म भिष्टो पुग्ने गरेकोले जिल्लामा अबैध जुवाखाल निबार्द सञ्चालनमा आईरहेको हो । यस बिषयमा धेरै पटक सञ्चारमाध्यममा समाचार आईरहेको भएपनि जुवाडेहरु निर्वादरुपमा जुवाखाल सञ्चालन गराईरहेका छन्  । उनीहरु खुलमखुल्ला भन्छन, सेटिङ्गमा छ, प्रहरी चिन्ता लिनु पर्दैन् ।

जुवा खेलाडीहरुलाई जुवा खेल्न जुवाखाल सञ्चालकहरुले खुल्ला आव्हान गरी चितवन, गोर्खा, रुपन्देही, पाल्पा, कास्की, मकवानपुर लगाएतका जिल्लाका जुवाडेहरुको स्वर्गस्थल बनाईरहेको भएपनि नवलपुर प्रहरी मुकर्दशक बनि किन बसिरहेको छ त ?

जिल्लाको कावासोतीको अलवा अन्य स्थानमा जुवाडेहरुले घुम्ती अभियानको रुपमा जुवाखाल सञ्चालनमा ल्याईरहेका हुन् । उनीहरुले कावासोती, डण्डा, आरुङ्गंखोला, दाउन्ने, र देबचुली लगाएतका बिभिन्न क्षेत्रमा चर्हादै जुवाखाल सञ्चालनमा ल्याईरहेका एक हरुवा जुवाडेले जानकारी दिए ।

जुवाडेहरुले लामो समयदेखि नियमित जुवा सञ्चालन गरिरहेको खुल्नमा आएपनि जिल्लामा प्रहरीकै मिलेमतो र सेटिङ्गमा जुवाखाल, तस्करी र अन्य अबैध धन्दाहरु मौलाईरहेको जनगुनासो बढीरहेको छ । जिल्लाका प्रहरी हाकिम र ईस्पेक्टरको जुुवाडेहरुसँग, अबैध धन्दा गर्नेहरुसँग साठँगाठ गरेको श्रोतले जानकारी दिएको छ ।

श्रोतका अनुसार तल्लो तहका घुमुवाहरुलाई परिचालन र प्रयोग गरी दैनिक भिष्टो उठाउन लगाउने सो भिष्टो माथील्लो तहसम्म बाड्ने गरेकाले यतिलामो समयसम्म जुवाखाल सञ्चालनमा आएको हो । भण्डाफोरलाई प्राप्त गोप्य श्रोतको जानकारी अनुसार कावासोती र डण्डाको तल्लो तटिय क्षेत्र सेतोपानी लगाएतका जंगलसँग सिमा जोडिएका र नारायणी तिरमा संञ्चालित कतिपय कटेजहरुमा समेत जुवाडेहरुले आफ्नो अखडा बनाईरहेको खुल्नमा आएको छ ।

जिल्लामा कार्यरत प्रहरीका केही भ्रष्ट्र चल्तापुर्ता ब्यक्तिहरुकै सुचना र सहयोगमा कावासोतीमा निर्वाद जुवाखालको स्वर्गस्थल बनाईएको श्रोतको दावी छ । उनीहरुले सञ्चालन गर्ने जुवाखालमा एकै खेलमा पचास लाखदेखि करोडसम्मकै खेल हुने गरेको पनि श्रोतको दाबी छ । श्रोतका अनुसार चितवन डेरा गरी बस्ने नामुद जुवाडे शालीग्राम सापकोटा जुवाडेको नाईके रहेको सो जुवाखालको भिष्टो प्रदेश कार्यालय र अझैमाथीसम्म पुग्ने गरेको बुझिएको छ ।

जुवा खेलाडीहरुमा डण्डाका क्रृषि थनेत, चितवनका जुवाडे बोध बहादुर पौडेल, दोङ्ग भन्ने गोर्खाका नामुद जुवाडे, हरि भन्ने नामुद जुवाडे र नारायणगढकै केही नाम चलेका ब्यापारीहरु समेत बुझिएको छ । यसैबिच यस बिषयमा नवलपुरका एसपीसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।