ईच्छाकामनामा ७ मा राष्ट्रिय बन क्षेत्रमा अबैध उत्खनन् : हरिपुर रेन्जर कार्यालय किन तमासे र मुकर्दशक ?


सुर्य बराल । चितवन । चितवनको ईच्छाकामना गाँउपालिकाको वडा नं. ७ स्थित रानीखोला सामुदायीक बन क्ष्ोत्रमा अबैध उत्खनन् गरी बन क्षेत्रलाई नै तहस नहस पारिएको छ । राष्ट्रिय बन क्षेत्रको माटो केही जग्गा ब्यापारीले बिना अनुमति उत्खनन् गरी बाटो छेउको खाडलयुक्त जग्गा पुरी घडेरी बनाउनुका साथै अन्यत्र माटो बिक्रि गरिरहेको खुल्नमा आएको हो ।
भण्डाफोर अभियानले सो स्थानको स्थलगत निरिक्षण गर्दा यस्तो भेटिएको हो । आम स्थानियको गुनासो आएपछी भण्डाफोर अभियानकर्मीहरु सो स्थानमा निरिक्षणमा पुग्दा राष्ट्रिय बन क्षेत्रमा सालका रुखहरु नै नष्ट हुने गरी गैंह्रकानुनी उत्खनन् र आसार पोसार भईरहेको थियो । सो बन क्षेत्रको माटो केही भरतपुरतिका र केही त्यँहिका ब्यक्तिहरुको योजनामा अबैध रुपमा उत्खनन भईरहेको पाईएको हो ।
यस्तो संबेदनशिल बिषयमा जिल्ला बन कार्यालय र ईलाका बन कार्यालय हरिपुर भने बेखबर र मुकर्दशक बनि बसिरहेको देखिन्छ । यसैबिच जिल्ला बन कार्यालय अन्र्तगतको हरिपुर रेन्जपोष्टका प्रमुख साहायक बन अधिकृत बालकृष्ण खनाललाई राष्ट्रिय बन क्षेत्रमा कि यस्तो ? भनि प्रश्न गर्दा उनले सो बिषयमा आफुलाई केही थाहा नभएको बताए ।
तपाईको जिम्बेवारीको क्षेत्रमा लामो समयदेखि गैंह्रकानुनी उत्खनन् भईरहदा थाहा नहुने हुन्छ र ? कि तपाईकै मिलेमतोमा यस्तो भएको त् होईन भनि हामीले प्रश्न गर्दा खनालले आफ्नो कुनै सम्लग्नता नरहेको बताए । तपाईको क्षेत्रमा तपाई किन बेखबर त ड्युटिमा बस्नुहुन्न कि के हो भनि सोध्धा उनले म कहाँ ड्युटि गर्छु जानकारी दिन जरुरी छैन भन्दैं गैंह्रजिम्बेवार जवाफ फर्काए । स्मरण रहोस हाम्रो टिम हरिपुर रेन्जपोष्ट पुग्दा खनाल पोष्टमा थिएनन् ।
हरिपुर रेन्जपोष्टको कार्यक्षेत्रभित्र अबैध रुपमा बन फडानी र नदी जन्य पदार्थको समेत बन तथा बन भित्रका खोलाहरुबाट अबैधरुपमा ढुङ्गा, माटो, ग्रयाभलहरु उत्खनन् र आसोर पोसार भईरहेको दृष्य देखिन्थ्यो । के यो सब तालुकदार कार्यालयको प्रमुखसँगको मिलेमतो बिना सम्भव देखिन्छ र ?

चुरे क्षेत्रको राष्ट्रिय बन क्षेत्रमा भईरहेको यो लुटधन्धा र बिनास कस्ले रोक्ने ?
यता, जिल्ला बन कार्यालयका प्रमुख बिष्णु प्रसाद पौडेलले चुरे क्षेत्रको राष्ट्रिय बन क्षेत्र संरक्षणको लागी जिल्ला बन कार्यालय लागीरहेको बताउदैं कोही कसैले गैंह्रकानुनी उत्खनन् गरी बन नोक्सान गरेको पाईएमा कानुन मुताबिक कार्बाही गर्ने बताए । उनले भने म बेखबर छु, हरिपुर कार्यालयले मलाई जानकारी गराएको छैन्, के रहेछ फिल्ड अनुगमन गरी आवश्यक कार्बाही गर्ने बताए ।
चितवनको चुरे क्षेत्रको रुपमा रहेको घना जंगल क्षेत्र सामुदायीक बनहरुले संरक्षण गर्नुपर्नेमा उल्टै कतिपय सामुदायीक बनका अध्यक्ष, उपाध्यक्ष र पदाधिकारी तथा अनुगमन संयोजकहरु नै तस्करीमा लाग्ने गरेको पाईएको छ । बन क्षेत्रको यो बिनास र प्राकृतीक श्रोतसाधन माथीको अबैध दोहन तत्काल रोक्न सम्बन्धित निकायहरुले पहल गर्नुपर्ने देखिन्छ ।