चितवनको नारायणगढमा माघ २४ गतेदेखि क्यान इन्फोटेक मेला हुने


चितवनको नारायणगढ बजारमा आगामी माघ २४ गतेदेखि पाँचौ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । नारायणगढको लायन्सचोकस्थित तरकारी बजार क्षेत्रमा हुने उक्त मेला ५ दिनसम्म चल्ने आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्। चितवनको सम्वृद्धि सूचना प्रविधी भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइवर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षा सम्बन्धी सेवा प्रदान गर्ने कलेज एवम् परामर्शदाताका गरी ८१ वटा स्टल रहने आयोजकले जनाएका छन् । 
पत्रकार सम्मेलनमा क्यान चितवन शाखा अध्यक्ष सन्तोषजनक भुषालले देश भित्र नै बसेर सूचना प्रविधिको क्षेत्रमा भविश्य बनाउन चाहाने युवा विद्यार्थीहरुको प्रतिभा देखाउने र प्रोत्साहान गर्ने उद्धेश्यले मेला आयोजना गरिएको बताए ।