नेपाली भूमिमा आएर भारतीय प्रहरीले जबर्जस्ती पक्रेर लग्यो खाँलाई, सम्वन्धित निकाय मौन

काठमाडौँ । यशोधरा गाउँपालिका–८ मटेरियाका मुवारक खाँलाई भारतीय सुरक्षाकर्मीले शनिबार दिउँसो मर्यादपुर बजारबाट नियन्त्रण गरेर लगेको छ ।
आफन्तको मोटरसाइकल वर्कसपमा बसिरहेका बेला भारतीय सुरक्षाकर्मीले जबर्जस्ती यूपी५५एक्स ०१०१ नम्बरको सेतो स्कार्पियोमा राखेर उनलाई लगेको प्रत्यक्षदर्शीले बताए।
‘भारतीय प्रहरीसँग सोध्दा एसओजी इन्टेलिजेन्सले लगेको बताएका छन्,’ जिल्लाका निमित्त प्रहरी प्रमुख नायब उपरीक्षक सुनील मल्लले भने, ‘यसबारे थप बुझ्दै छौं।’
भारतीय सुरक्षाकर्मीले सीमाको मर्यादपुर प्रहरी चौकी र बीओपी डंगरीको सशस्त्र प्रहरीलाई छल्दै खाँलाई सीमा कटाएका थिए। कान्तिपुरबाट ।