भरतपुरमा पानीमै सडक पिच गर्न खोजेपछि ठेकेदार भवानी विल्डर्सलाई स्थानीयले लखेटे


चितवन र शीर्षक नै काफी छ, आजको दिन झरीले गर्दा नियमित कामहरू रोकेर मान्छेहरू चिसो बाट जोगिने उपाय खोजिरहेका छन् । तर यस्तै मौका छोपेर यहाँ एक ठेकदार कम्पनीले झमझम पानी परिरहेको बेलामा पानीमाथि नैं पीच गर्न तम्सिए छन् । पानी परिरहेको बेलामा पानीमाथि पिच गर्न खोजेपछि ठेकेदार कम्पनी का मान्छेहरूलाई स्थानीयले लखेटे । हो यो घटना भरतपुर १३ मा भएको हो । घटना विवरण यसप्रकार छ । विकासको नाममा चितवनको भरतपुरमा भवानी नेश्नल विल्डर्सले ठुलो वदमासी गरेको पाईएको हो। सो भरतपुर ठेकेदारले महानगरपालिका ६ र १३ को सिमाना सीतामाई मन्दिर सडकमा पानी परेका बेला कालोपत्रे गर्दै सडक निर्माणमा चरमला गरेको हो । बजेट सक्न कै लागि अनुत्पादक काममा रकम खन्याउने प्रवृत्ति निरन्तरता वडा नम्बर १३ मा व्यापक छ । समयमा गर्नुपर्ने योजना भ्याउन जथाभावी रकम सकिँदा राज्यको लगानी ‘बालुवामा पानी’ बनिरहेको छ । जसका कारण त्यो सडक झरीमा पिच हुन लागेपछि स्थानियले भवानी नेश्नल विल्डर्सलाई रोक लगाएका छन् । कम्पनीले १ करोड २४ लाखमा १ दशमलव ४ किमी कालोपत्रे गर्ने ठक्का पाएको थियो ।
ठक्का सम्झौता अनुसार यही आउँदो माघ २० गते काम सम्पन्न गर्नुपर्ने छ । स्थानीय सरकार र सडक डिभिजनलाई खबर गरेर कालोपत्रे गर्नु पर्ने प्रवाधन छ । तर, कम्पनीले जानकारी बिना पानीमा कालोपत्रे गर्ने काम सुरु गेरेपछि स्थानीले विरोध गर्नुका साथै रोक लगाएका थिए ।
विरोधकाबीच कालोपत्र गर्ने सामाग्री र कामदारसहित आएको कम्पनीले दुईटिपर अलकत्रा हालेर काम पनी शुरु भयो । १ सय मिटर कालोपत्रे गरपछि स्थानीयले काममा रोक लगाएका थिए । यस वडामा अन्य विकास निर्माणमा समेत स्थानिय सरकारको रुपमा रहेको वडा कार्यालय चनाखो नवन्दा यस्तो घटना भएको स्थानियको आरोप छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडी काम भन्दा गफमा बढी सक्रिय हुदाँ खुले आम यस्तो हर्कत भएको स्थानीयवासीहरुको भनाई छ । उनीहरुले बिहानै देखि पानी परेको वडा अध्यक्षलाई थाहा थियो । काम पनि यहाँ छ भन्नृे कुरा । तर स्थानियको विरोधपछि वडा अध्यक्ष दुवाडी आएर आफुहरु पिच रोके भनेर जस लिन खोजेका थिए ।
यता भवानी नेश्नल विल्डर्सका शिव लौडारीले कालोपत्रेको काम नभई सामान मात्रै खसालेको बताए । उनी भन्छन् – कालोपत्रे गर्ने तयारी अघिल्लो दिनबाटै थियो । अहिले अलकत्रा राख्ने काम भएको छ, पुनः एक पटक कालोपत्रे गर्छौ ।
डिभिजन कार्यलय चितवनका प्रमुख कृष्ण अधिकारीले विहानबाट पानी परेकाले सो सडक आइतबार कालोपत्रे नगर्ने भन्ने निर्णय भएको थियो । उनले भने – यसरी अटेर गर्ने ठेक्दारको भुत्तानी समेत रोकिन सक्छ ।