ह्याचरी उद्योग संघ, प्रदेश ३ को अध्यक्षमा बिसुराल निर्वाचित


चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले चितवनका स्थापित व्यवसायी ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज शुक्रबार भरतपुरमा आयोजित प्रथम साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा परशुराम अधिकारी, सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरुमाह खनाल, घनश्याम पौडेल, पुरु खनाल, दिपेश श्रेष्ठ, सुनिल ढकाल, ओमप्रकाश कार्की, सन्जीव ढकाल, बिजया देशार र अनुज बि सी निर्विरोध निर्वाचित भएका छन्।
संघका नवनिर्वाचित प्रदेश अध्यक्षलगायत पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई साधारणसभाका प्रमुख अतिथिसमेत रहेका नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले प्रमाणपत्र प्रदान गरेका थिए।
साधारणसभाका प्रमुख अतिथि नेपाल पोल्ट्री महासंघका अध्यक्ष बिष्ट, विशिष्ट अतिथिद्वय नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोखरेल र नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल तथा अतिथिहरु उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदी, चितवन च्याम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल भट्टराई र रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनाल लगाएतले मन्तव्य राखेका थिए ।
साधारणसभामा संघका चितवन शाखा सचिव मनोज रानाभाटले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवराज उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल ह्याचरी उद्योग संघको विधानले अबदेखि संघका जिल्ला शाखाहरु नरहने व्यवस्था गरेको छ ।