स्मार्ट लाइसेन्स छपाइ सुस्तः लाइसेन्स पाउन अझै ६ महिना


ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ ।
लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् ।
सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसेन्सका लागि आवेदन दिएका आवेदकले अझै ६ महिनासम्म कुर्नुपर्ने भएको हो

यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ठूलो क्षमताको मेसिन ल्याएको तीन महिनापछि सञ्चालनमा ल्याइएको छ । तर, क्षमताभन्दा आधा मात्र छपाइ भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्