महानगर कृषि सहकारी ऐन नियम अनुरुप सञ्चालित :अध्यक्ष मास्के

पौंष १३ गते चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजारक्षेत्रमा रहेको महानगर कृषि सहकारी ‘सहकारी ऐन नियम’ अनुरुप नै सञ्चालीत रहेको सहकारीका अध्यक्ष सुनिल मास्केले जानकारी दिएका छन् । सहकारीको कारोबार सम्बन्धमा केही सेवागा्रहीबाट आएको गुनासोको आधारमा यस अघि भण्डाफोर अभियान साप्ताहिकमा समाचार प्रकाशन भएको थियो । महानगर कृषि सहकारीको लुटधन्धा कहिलेसम्म ! सरोकारवालाहरु किन तै चुप मै चुप ? भन्ने शिर्षकमा पत्रिकाले गत अकंमा समाचार छापेको थियो ।
समाचार प्रकाशनमा आएपछी सहकारीका अध्यक्ष मास्के भण्डाफोर अभियानकर्मीको फोन सम्पर्कमा आई सहकारीले कुनै गैह्रकानुनी असुली र नियम बिपरितको कार्य नगरेको बरु सहकारी कै लाखौं रकम समयमा नउठेको कारण आफुहरु मर्कामा परेको गुनासो गरे । शुरुमा क्रृण लिने बेला अनेकन दुःख देखाई क्रृण लिन्छन अनि तिर्नेबेलामा माग्दा कोही ब्यबसाय नै छोडी भागीसकेका हुन्छन्, केहीले क्रृण तिर्न नसक्ने दयनिय अवस्था देखाउछन उल्टो हामी सहकारी सञ्चालन गरेर घाटामा डुबिरहेका छौं, तपाईहरु या नियामक निकायहरु आई छानबिन गरुन मास्केले भने ।

आफुहरुले सहकारी नियम अन्र्तगत नै ब्याज लिईरहेको र किस्ता समयमा नआउने क्रृणीको मात्र नियम अनुसार नै हर्जना लिईएको प्रष्ट्याउदै सहकारीको सम्पूर्ण खाता पाता हेरे प्रष्ट हुने दाबी गरे । अध्यक्ष मास्केले यस अघि प्रकाशित समाचारको खण्डन गर्दै नेपाल सरकारको नियम कानुन र परिधी भित्र रहि आफुहरुले सहकारी सञ्चालन गरेकोले आम सर्बसाधरणलाई भ्रममा नपर्न आग्रह समेत गरे ।