वैदेशिक रोजगारीका नाममा तस्करको निसानामा महिला

काठमाडौं/नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले १० महिनामा विभिन्न मुलुकबाट २ सय ७२ नेपालीको उद्धार गरेको छ । ती मध्ये २ सय ६ जना महिला छन् । तस्करले पुरुष भन्दा महिलालाई बढी निसानामा पार्ने गरेको यो तथ्यांकले देखाउँछ ।

गिरोहले वैदेशिक रोजगारीका नाममा उनीहरुलाई विदेश पुर्याएर इच्छाविपरीत कार्य गर्न बाध्य पारेका थिए । व्युरोका प्रवक्ता गोविन्द थपलियाका अनुसार मानव तस्करीको अवस्था भयावह छ । पीडितले उजुरी नगर्दा अनुसन्धानमा कठिनाई भोग्नु परिरहेको प्रवक्ता थपलियाको भनाई छ ।

पीडित महिलाले आफूलाई लैजाने व्यक्तिको नाम बताए पनि माथिल्लो तहको गिरोहको जानकारी नभएको व्युरोमा बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।