भोली बिहिबार खण्डग्रास सूर्यग्रहण :कसरी हेर्ने, के के गर्न, हुने,नहुने!

भोली पौष १० गते बिहिबार औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । वस्तुतः ग्रहण भनेको आकाशिय घटना हो । सूर्य चन्द्रमा अनि पृथ्वीको कारणले ग्रहण लाग्छ । ग्रहण दुई प्रकारका हुन्छन् । सूर्यग्रहण र चन्द्र ग्रहण । चन्द्र ग्रहण पूर्णिमाको दिनमा लाग्छ भने सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्दछ । प्रायः गरेर सूर्यग्रहणमा चार प्रहर अर्थात् १२ घन्टा चन्द्र ग्रहणमा तीन प्रहर अर्थात् ९ घन्टा अघिदेखि सुतक लाग्ने धार्मिक जनविश्वास रहेको छ ।

ग्रहण कतिबेला स्पर्श हुन्छ, कतिबेला मोक्ष हुन्छ रु
२०७६ पौष ९ गते राती ८ बजेर ४२ मिनेट देखि ग्रहणको सुतक सुरु हुन्छ १० गते बिहान ८ बजेर ४२ मिनेटमा स्पर्श हुन्छ । १० बजेर एक मिनेटमा मध्यम हुन्छ, १० बजेर ३१ मिनेट जाँदा मोक्ष हुन्छ ।

ग्रहणका समयमा गर्न नहुने कार्य
पिसाब फेरे दरिद्र होइन्छ । दिशा गरे किरा भइन्छ, मैथुन गरे सुँगुर भइन्छ, शृङ्गार पटार गरे कुस्ट रोगि भइन्छ, भोजन गरे अधोगति होइन्छ, कसैलाई बन्धनमा राखे सर्प भइन्छ, काट्मार गरे घोर नरक बाँस हुन्छ भन्ने धार्मिक जन विश्वास रहेको छ ।

ग्रहणको समयमा सकेसम्म तिर्थस्नान गर्नु, नसके स्थानीय नदि, पोखरी ताल तलैया आदिमा स्नान गर्नु, न सके घरमै भएपनी नुहाएर शुद्ध हुनु भन्ने धार्मिक जन विश्वास रहेको छ । यस पटकको सुर्य ग्रहणमा धनु राशी हुनेहरु र मुल नक्षत्र हुनेहरुलाई ग्रहण हेर्न पुर्ण रुपले बर्जित गरिएको छ ।

यस वर्षको सुर्यग्रहण कुन राशिले ग्रहण हेर्न हुन्छ, कुन राशीले हुँदैन रु
कर्कट, कुम्भ, तुला, मीन राशी हुनेहरुले सुर्य ग्रहण हेर्दा शुभ फल प्राप्ति हुन्छ भने बाँकी अरु सबैराशी हुनेहरुका लागि सुर्यग्रहण हेर्दा अशुभ फल प्राप्ती हुने हुँदा अन्य राशी हुनेहरुले ग्रहण न हेर्दा नै राम्रो हुन्छ ।

यस पटकको सुर्य ग्रहणको प्रभाव भारत, श्रीलंका, मलेसिया, अस्ट्रेलिया, पूर्वी अफ्रिका, सिङ्गापुर अनि एसियाका सबै देशहरुमा ग्रहको प्रभाव रहनेछ ।