महानगर कृषि सहकारीको लुटधन्धा कहिलेसम्म ! सरोकारवालाहरु किन तै चुप मै चुप ?

चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजारक्षेत्रमा रहेको महानगर कृषि सहकारीले कारोबारको नाममा सेवागा्रहीबाट लुटधन्धा मच्चाईरहेको भएपनि सरोकारवाला निकायहरु मुकर्दशक बनि बसिरहेका छन् । सहकारीले न्युनतम निती नियम र सहकारी ऐन कानुन बिपरित सेवागा्रही सर्बसाधरणहरुसँग बर्षौबाट अबैध असुली गरिरहेको खुल्नमा आएको हो ।
केही सम्भ्रान्तहरुले सहकारीलाई आफ्नो मुठ्ठीमा राख्दै सहकारी ऐन नियम बिपरितको कार्य गरिरहेको भएपनि अनुगमन र नियमन गर्ने सम्बन्धित निकायहरु तै चुप मै चुपको अवस्थामा मुकर्दशक भई बसिरहेका हुन् । सो सहकारीले सहकारी ऐन बिपरित सिमीत शेयर सदस्य राखी बजारमा शेयर सदस्य नै नभएका आम सर्बसाधरणमा क्रृण लगानी गरी अबैध रुपमा चर्को ब्याज र बिलम्ब शुल्कको नाममा गैह्रकानुनी असुलि गरिरहेको छ ।
त्यस्तै सहकारीले क्रृण लगानी गर्ने नाममा क्रृणीहरुको खाली चेक पहिल्यै लिने, रकम तिरिसक्दा पनि खाली चेक फिर्ता नगर्ने, मनलाग्दी र चर्को ब्याज लिने, चेक माग्दा उल्टै धम्क्याउने साथै कतिपयको उक्त खाली चेकमा रकम भरी चेक बाउन्स समेत गर्ने गरेको एक पिडीतले बताए । सो सहकारीमा कारोबार गरेका अर्का एक सेवाग्राहीले भने शुरुमा बिभिन्न प्रलोभन देखाएको सहकारीले स्विकृत क्रृण मध्ये ८० प्रतिशत मात्र क्रृण प्रवाह गर्ने तर शत प्रतिशतको ब्याज असुल्ने गरेको र किन त्यस्तो कार्य भयो भनि सोध्दा उल्टै धम्कयाउने काम भएको बताए ।
सहकारीले ग्रैंहकानुनी रुपमा २१ देखि ३६ प्रतिशतसम्म ब्याज असुली गर्नुका साथै बिलम्ब शुल्क र जरिवानाको नाममा थप ७२ प्रतिशतसम्म असुली गरी शोषण गर्ने गरेको पिडीतहरुले बताए । भण्डाफोर अभियानसँग कुरा गर्दै पिडीतहरुले भने ६ महिने क्रृण लगानीको नाममा रकम प्रबाह गर्दा ४ प्रतिशतसम्म सेवा शुल्क लिने गरेको बताए । सेवाशुल्कको नाममा यति धेरै रकम लिनु ग्रैह कानुनी कार्य हो ।
तर यो सहकारीका सञ्चालकहरुले उल्टै सेवागा्रहीहरुलाई गुण्डा लगाएर धम्क्याउने, केही प्रहरीसँगको हिमचिम र केही भ्रष्ट प्रहरी अधिकृतहरुलाई प्रलोभन र प्रभावमा पारी धम्की दिई कतिपयलाई पहिल्यै लिएको खाली चेकमा भरेको मनलाग्दी रकमको चेक बाउन्स गराई सोही आधारमा प्रहरी कार्यालयमा थुनाई सर्बसाधरणलाई गैह्रकानुनी शोषण गर्नुका साथै सताईरहेको पिडीतहरुको गुनासो छ । सहकारीले के आधारमा कुन प्रयोजनको निम्ती सेवाग्राहीहरुको हस्ताक्षरयुक्त खाली चेक लिएको हो, त्यहिबाट सो सहकारीको धन्दा प्रष्ट हुने भन्दै नारायणगढका एक सर्बसाधरणले भने यो सहकारीको गलत धन्दा रोक्न ढिलो गरेमा एकातिर सहकारी भनेका यस्तै हो भनि सहकारी क्षेत्रकै बदनाम हुने साथै स्थानिय सरकार प्रति जनताको आक्रोश बढदैं जाने अर्कोतिर सहकारीको नाममा भईरहेको यस्तो लुटधन्दा चलिरहँदा धेरै सर्बसाधरण शोषणमा पर्ने भएकोले उक्त सहकारीको गतिबिधी नियन्त्रण गर्न ढिला गर्न नहुने बताए । उनले अगाडी थपे यो सहकारीको नाममा सुदखोर शैली र शोषण नै हो, सम्बन्धित निकायको ध्यानर्कषण आवश्यक छ ।
यसैबिच सहकारीका अध्यक्ष सुनिल मास्केसँग बुभ्mन खोज्दा उनको मोबाईलमा सम्पर्क हुन सकेन ।आजको भण्डाफोर अभियानबाट