चितवनमा नव उधमीहरुको भेटघाट गोष्टी सम्पन्न

चितवन/ चितवनको भरतपुरमा नव उधमी ब्यावसायीहरुको भेटघाट गोष्टी सम्पन्न भएको छ। भी ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा ३० जना बिभिन्न क्षेत्रका ब्यावसायीहरुको उपस्थिती रहेको थियो। भरतपुरको होटल शुभाममा आयोजित गोष्ठीमा बिभिन्न किसिमका व्यवसायमा आवद्ध व्यक्तिहरुको उपश्थिति रहेको थियो।
नव उद्धमी भेटघाट कार्यक्रममा २६ जना उद्धमी हरुको सहभागिता रहेको थियो । आफ्नो क्षेत्रमा भएका सबै व्यवसाय लाई सहयोग पुगोस भन्ने हेतु र एकले अर्काको व्यवसायलाई पनि बिस्तार र प्रबर्धन गर्न थप सहयोग होस भनेर गोष्टीको आयोजना गरिएको भी ग्रुपका संस्थापक तथा परिकल्पनाकार बिपिन कंडेलले बताए। त्यस्तै यस्तो किसिमको भेटघाट कार्यक्रम अबको हरेक महिनाको पहिलो सोमबार बेलुका ५ बजे भेटघाट गर्ने निर्णय भएको कडेँलले जानकारी दिए।