बिवाह गर्न नमानेको झोकमा प्रेमीको लिङ्ग काट्ने युवती प्रहरी खोरमा


७ पुस, काठमाडौं / बिगत ८ महिनादेखि शारीरिक सम्बन्ध राखेका एक युवक र युवतीबिच बिहेको कुरा नमिल्दा युवतीले युवकको लिङ्ग नै काटिदिएकी छन् । यो घटना काठमाण्डौंको हो।

घटना बिबरण अनुसार गत् मंसिर २३ मा युवतीले युवकसामु बिहेको प्रस्ताव राखिन् । युवकले अरूसँग आफ्नो अफेयर चलेकाले विवाह गर्न नसक्ने जवाफ दिए । अनि केटीले आफुलाई जर्बजस्ती गर्नलागेको भन्दै युवकको लिङ्ग नैकाटिदिईन् । आफन्तको भनाइअनुसार युवतीलाई ती युवकले उनकै कोठामा बलात्कार प्रयास गरेका थिए । अस्मिता लुटिन लागेपछि युवतीले आत्मरक्षाका लागि युवकको लिंग काटिदिएकी दाबी गरिएको छ ।

घटनाबारे जानकारी दिन आइतबार युवतीका परिवारले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । समाजसेवी राम तामाङले युवकले विवाह गर्न नमानेर मात्र युवतीले उनको लिङ्ग काटेको भनेर नबुझ्न आग्रह गरेका छन् । विवाह गर्न नमानेको एउटा पाटो होला तर बलात्कार प्रयास गरेपछि बचाउ गर्न ती युवतीले लिङ्ग काटिदिएको हुन् सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

उनले उपचारपछि घर फर्किसकेका ती युवकले ललाइफकाइ ८ महिनादेखि शारीरिक सम्बन्ध राखेको बताइएको छ । ती युवतीले विवाहको प्रस्ताव राख्दा अस्वीकार गरे पनि फेरि युवकले बलात्कारको प्रयास गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नुपर्ने माग गरेको छ । बौद्ध वृत्त प्रमुख डीएसपी सिंहले पीडित युवतीका आफन्तले लिखित जाहेरी नल्याएको दाबी गरेका छन् । घटनाबारे माथिल्लो तहमा समेत जानकारी छ । जाहेरी दिने हदम्याद नाघेको छैन । अझै पनि उनीहरूले जाहेरी ल्याउन सक्ने सिंहले बताएका छन् ।

गत मंसिर २३ गते अपरान्ह बौद्ध महांकालमा पीडित युवतीकै डेरामा घटना भएको थियो । घटनालगत्तै पीडिताले नै एम्बुलेन्स बोलाएर बलात्कारको दुस्प्रयास गर्ने युवकलाई अस्पताल पठाएको जनाइएको छ ।