राष्ट्रपति बिधा भण्डारी सक्रिय भुमिका बढाउदै : किन बोलाइन् नेकपा नेताहरुलाई शीतलनिवास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकाएक सक्रिय भुमिकामा देखिदै गईरहेकी छन् । उनले नेकपाका केही नेताहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेपछि नेकपामा हंगामा भएको छ । नेकपा स्थायी कमिटी बसिरहेको बेला राष्ट्रपतिले नेकपा नेताहरुलाई बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको समयमा शीतल निवासमा पुगेर राष्ट्रपतिसँग छलफल गरेको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको बेला नेकपा नेताहरुपनि शीतल निवास पुगेका हुन् ।

शीतल निवास पुग्ने नेतामाप्रदीप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, शक्ति बस्नेत, युवराज खतिवडा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, देव गुरुङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायत रहेको बताइएको छ ।सो क्रममा उनले मुलुकको आर्थिक र समसायिक विषयमा छलफल गरेकी थिइन् । राष्ट्रपतिले नेकपाको स्थायी समितिमा भइरहेको छलफलबारे र विकास निर्माण लगायतका विषयमा जिज्ञासा राखेको एक नेताले बताए ।

यसरी नेताहरु शीतल निवास पुगेको विषयले स्थायी कमिटी बैठकमा हंगामा भएको थियो । यसविषयमा अध्यक्ष प्रचण्डले जानकारी नगराइ शीतल निवास पुगेको भन्दै बैठकमा असन्तुष्टि समेत पोखेको बताइएको छ ।

एक नेताकाअनुसार प्रचण्डले सहजै रुपमा आफू अघिल्लो पटक गएको कमजोरी स्वीकार गरेका थिए र शनिबार गएका नेताहरुलाई पनि आक्रामक रुपमा नै प्रश्न गरेका थिए ।जवाफमा नेता प्रदीप ज्ञवालीले आफूहरु पूर्व निर्धारित भेट भएकाले गएको स्पष्टीकरण दिएका थिए ।