उबासंघ चितवनमा चुनाबी सरगर्मी बढदै : अध्यक्ष्यका प्रत्यासी नै पार्टीगत रुपमा भोट माग्दैं ।
सुर्य बराल /चितवन /उधोग बाणिज्य संघ चितवनको निर्वाचनको सरगर्मी बढदै गएको छ । निर्वाचनको मिती नजिकिएसँगै उबासंघ चितवनमा चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै सदस्यहरुको पसल एवं घरदैलोमा जाँदै भोट माग्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष सहितको प्यानल नै खडा गरी ब्यबसायीका नेताहरु चुनाबी मैदानमा होमिने तयारीमा जुटेको पाईएको छ । निर्वाचनमा अध्यक्ष सहितको पदाधिकारी पदमा कडा प्रतिस्प्रर्धा हुने समेत देखिन्छ ।
हालका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र पुर्ब बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ बिच चुनाबी मैदानमा आगामी निर्वाचनमा अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यता, अर्का ब्यबसायी बिष्णु प्रसाद कँडेलले पनि अध्यक्षमा उमेदवारी दिने घोषणा गरीसकेका छन् । कडेल मात्र होईन अध्यक्षमा अरु आंकाक्षीहरु पनि रहेको देखिन्छ तर ती आकांक्षीहरु अन्य पदमा आफ्नो बार्गेनिङ्ग बढाउनलाई मात्र अध्यक्षमा उमेदवारी दिने मनाशयमा रहेको पाईएको छ ।
अध्यक्ष लगाएतको पदमा उठने मनाशय र तयारी गरेका कतिपय ब्यबसायीहरु पसल पसल र घर घरमा भोट माग्न आईरहेको नारायणगढमा ब्यबसाय सञ्चालन गरी बसेका एक ब्यबसायीले बताए । उनका अनुसार अहिले भित्रभित्रै दुई तिन थरी समूह आफुसँग भोट माग्न आएको र आफुले सबैलाई ब्यबसायीको हितमा काम गर्नेलाई भोट दिने बचन दिएको बताए ।
पार्टीगत भेलामा समेत भोट माग्दै
यसैबिच उबासंघको बरिष्ठ उपाध्यक्ष पदमा रही आसन्न निर्वाचनमा उधोग बाणिज्य संघ चितवनको अध्यक्षमा उठने घोषणा गरेका चुननारायण श्रेष्ठले नेपाली काँग्रेसको बैठकमा समेत भोट मागेको पाईएको छ ।
श्रेष्ठले नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नं. १ र ३ को गत् शनिबार सम्पन्न कार्यसमितीको सँयुक्त बैठकमा सामेल भई भोट मागेका हुन् । उनले दलगत बैठकमा सामेल भई भोट मागेको पाईएको हो । सस्थापन पक्षको समेत सहयोगमा अध्यक्ष पद पडकाउने दाउमा रहेका श्रेष्ठलाई बामपन्थी सर्मथक ब्यबसायीले भोट देलान न देलान त्यो त भबिश्यले नै बताउला यधपी बिसुद्ध ब्यबसायीक सस्थाँको नेतृत्व गर्नेहरु पार्टीको कोठे बैठकमा सामेल हुनुलाई भने निकै अर्थपूर्ण रुपमा लिनुपर्ने स्वयं ब्यबसायीहरु बताउछन् ।
यता, यस बिषयमा श्रेष्ठसँग बुझ्न खोज्दा उनको मोबाईलमा सम्पर्क हुन सकेन् । स्मरण रहोस : उबासंघ चितवनको नयाँ कार्यसमितीको लागी आगामी पौष २९ गते निर्वाचनको मिती तय भईसकेको छ ।