पौंष १२ देखि पोखरामा सडक महोत्सव:पोखराका पर्यटन व्यवसायी निम्तो बाड्दैं चितवनमा

चितवन / ‘सडकमै खाऔ सडकमै रमाऔं’ भन्ने नारासहित हरेक बर्ष पोखरामा मनाईदै आएको सडक महोत्सव यसपाली पिन निर्धारित समयमै हुने भएको छ । महोत्सवको प्रचार प्रसार र निम्तो बाढ्दै पोखराका पर्यटन ब्यबसायी आज चितवन आईपुगेका छन। आगामी पौंष १२ गते डिसेम्बर २८ बाट शुरु हुने २१ औं पोखरा सडक महोत्सवका लागि यसभन्दा अघि पोखराका पर्यटन ब्यबसायीहरु इटहरी, जनकपुर हुदै आज चितवन आईपुगेका हुन ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन९रेबान० पोखराले सौराहामा पत्रकार सम्मेलन गरी यसबारे आज जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्था रेबानका पूर्ब अध्यक्ष सूर्य बहादु भूजेलले अंँग्रेजी नयांँ बर्षलाई लक्षित गर्दै यसपटक पनि सडक महोत्सवको आयोजना गरिन लागिएको जानकारी दिए।

देशकै ठूलो सडक महोत्सवको रुपमा परिचित यो महोत्सव क्रिसमस र नयांँ बर्षमा आउने पर्यटकको बसाइ अबधि लम्याउने र पर्यटन भ्रमण बर्षलाई सफल बनाउने लक्ष्य रहेको उनको भनाई छ ।
२१ औं सडक महोत्सवका सहसंयोजक नरेश भट्टराईले पोखराका विभिन्न आर्थिक गतिविधिलाई चलायमान बनाउन, पर्यटन प्रर्वद्धन गर्न अन्तराष्ट्र्रिय स्तरमा महोत्सवको प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिदै आएको बताए ।
महोत्सवमा सबै स्टल गरी २ हजार स्टल रहने बताइएको छ । सौराहामा ४०० देखि ५०० को हाराहारीमा स्तरीय होटल , ३०० देखि ४०० रेष्टुरेण्ट र एकैदिन ६० देखि ७० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता भएको भट्टराईको भनाई छ । महोत्सव जनवरी १ सम्म चल्ने छ ।