रत्ननगर महोत्सव पुस २५ गतेदेखि हुने

चितवन, मंसिर १९/पुर्बि चितवनको रत्ननगरमा प्रत्येक दुई बर्षमा हुने रत्ननगर महोत्सव–२०७६ आउँदो पुस २५ गतेदेखि सुरु हुने भएको छ ।

आज (बिहीबार) पत्रकार सम्मेलनमा आयोजक रत्ननगर उद्योग वाणिज्य संघले महोत्सवको बारे जानकारी गराएको हो ।

महोत्सवको दशौं श्रृखंला यसपटक पनि टिकौली चौरमा आयोजना गर्न लागिएको महोत्सव मुल आयोजक समितिका संयोजक एवंम उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । महोत्सवले भ्रमण बर्ष सफल पार्न सहयोग पुग्ने आयोजकहरुको दाबी छ ।

महोत्सवमा फुडफेष्टिबल, चिकेन फुड फेष्टिबल लगाएतका अन्य बिबिध फेष्टिबलहरुको समेत समाबेश गरिएको आयोजकले जानकारी दिएको छ ।