बढदो महङ्गी नियन्त्रण गर ।

देशमा एकपछी अर्को रुपमा महङ्गी बढीरहेको छ । खाधान्न, तरकारी, लत्ताकपडा लगाएतका उपभोग्य बस्तुहरुमा शतप्रतिशतदेखि ५०० प्रतिशतसम्म महङ्गी बढेको छ । य
सरी आम सर्बसाधरण नागरिकहरुको भान्छा देखि उपभोग्य बस्तुहरुमा दिन दुगुना त् रात चौंगुनाको दरले बढेको महङ्गी नियन्त्रण गर्न बैलेमा सरकारले ठोस कदम नचालेमा त्यस्ले सरकार र सत्तारुढ दल प्रतिको जनबिश्वास बिस्तारै घटदै जाने छ । उपनिर्वाचनमा सत्तारुढ दलप्रतिको अबिश्वास त्यहि रुपमा ब्यक्त भएको छ ।

देशमा महङ्गी तिन कारणले बढीरहेको छ । एक हाम्रो आफ्नो उत्पादन मर्दै जानु अर्थात हामी उत्पादनमुखि भन्दा पनि आयातमुखी बन्दै जानु । दोश्रो आयात गरी ल्याईने देशहरुमै महङ्गी बढ्नु । जस्तो प्याजको भाउले आकाश छुन लागीसक्यो त्यसको मुल कारण हामी आफुले प्याज उत्पादन गरी आत्मनिर्भर बन्न सकेका छैंनौ, बाहिरबाट ल्याउदा ति देशमा भाउ बढेपछी स्वत भाउ बढीरहेको छ ।
तेश्रो ब्यारीहरुको मनलाग्दी मुल्य र राज्य तथा सरकारको निरिहतापन । यसरी आयात गरी ल्याउनुपर्ने अति जरुरी बस्तुको मुल्य हाम्रो हातमा रहदैन् । त्यो हाम्रो बसको कुरा होईन तर ब्यापारीले सिर्जना गर्ने कृतिम अभाव र अनावश्यक मुल्यबृद्धि रोक्न सरकार र राज्यका निकायहरुको दायीत्व हो । रोक्न सकिन्छ रोक्नुपर्छ ।
यधपी हाम्रो सरकार र राज्यका निकायका हाकिमहरुको कतिपय प्रबृती र अबैध साँठगाठले गर्दा त्यो देखावटी रुपमा लाईन मिलाउन नियन्त्रण गर्न खोजस्तो गर्न खोजे पनि सारत रोक्ने ईमान्दार प्रयास नै भएको देखिदैन् ।

अर्कोतिर हामी हाम्रो आफ्नो खेतबारीलाई बाँझो राखिरहेका छौं अनि तरकारीको मुल्य बढी भयो भनि चिच्याईरहेका छौं । हामी आफैले उत्पादनलाई अगाडी बढाउन सक्छौं । यस्को लागी हाम्रो आफ्नो ईच्छाशक्ति र सरकारको ईमान्दार सहयोगको खाँचो देखिन्छ ।
सरकारले आफ्नो देशमा कुन बस्तुको कति खपत हुने हो त्यस्को लगत लिई कुन स्थानमा के को उत्पादन कति मात्रमा गर्ने, त्यस्को बजारको समेत ब्यबस्था गरी बढी भएको उत्पादनलाई स्टोरेज गर्ने र अन्र्तराष्ट्र्यि बजारसम्म लैजाने ब्यबस्था मिलाउन सक्नुपर्दछ ।अनि मात्र महङ्गी नियन्त्रणको एउटा सतप्रयास हुन सक्छ ।

तसर्थ, सरकारले तत्काल योजना बनाएर नलाग्ने हो भने आगामी दिनमा थप भयाभव स्थिती आउन सक्छ । महङ्गी नियन्त्रणमा सरकार चुक्दै गएमा आगामी निर्वाचनमा सरकार सञ्चालन गरिरहेको पार्टीको हार निश्चित छ । अत्ः महङ्गी नियन्त्रण गर । भण्डाफोर अभियानबाट