ठगी धन्दाका यी डनलाई कस्ले कार्बाही गर्ने ?

भु–माफिया गौतम कार्बाहीको दायरामा नआउदा सर्बसाधरण ठगिने क्रम बढयो

सुर्य बराल । चितवन २०७६ मंसिर १८ गते
चितवन । भु–माफिया होमनाथ गौतमको ठगी धन्दा बढ्दै गएको छ । आफुलाई ‘ए’ क्लासको ठेकेदार बताउने गौतमको कारण दर्जनौँ परिवार सडकमा आउने स्थिती उत्पन्न भएको हो । मकवानपुर हेटौँडा उपमहानगर पुष्पलाल स्मृती पार्क नजिकै भब्य महल बनाई बसेका गौतमले गर्दा चितवन, कास्की, मकवानपुर र बारा लगाएतका जिल्लाका सर्बसाधरणहरु ठगीने क्रम बढेको हो । माफिया गौतमको कारण चितवन जिल्ला भरतपुर महानगरपालिका ५ यज्ञपुरीका भोजराज लामिछानेको चारकठ्ठा जमिन खोसिएको हो ।
गौतम लगायतका भु माफियाहरुले भोजराजको नाममा रहेको चितवन जिल्ला साविक कल्याणपुर ५ क को कित्ता नं. ११८८ को ०–१–१०–० र ऐ.ऐ कि.नं. ११९६ को ०२–१०–० गरी जम्मा चार कठ्ठा जग्गा दृष्टिबन्धकको नाममा हडपेका हुन् । गौतम लगायतका भु माफियाहरुले शुरुमा पोखरा महानगरका आईसी काण्डका अर्का नामुद ठग नवराज गुरुड्डको नाममा जग्गा पास गर्न लगाएकोमा पछि सो जग्गा ठगदार होमनाथकै कर्मचारी इश्वर डोटेल हुदै ६ जनाको हातमा जग्गा पु¥याएका छन् ।
माफिया गौतमले एकपछि अर्को गर्दै लामिछानेको जग्गा उनलाई थाहै नदिई चार जना ब्यक्तिको नाममा नामसारी गरी सकेका हुन् । उक्त जग्गा अन्य व्यक्तिको नाममा गईसकेको थाहापाएसँगैं भोजराज लामिछानेका श्रीमति विन्दु लामिछाने र उनका ३ छोरीहरुले जिल्ला अदालत चितवनमा मुद्धा समेत हालेका थिए । अदालतले प्रमाणको आधारमा केशव श्रेष्ठको नाममा रहेको जग्गा विन्दु लामिछानेको हक भोक नलाग्ने फैसला गरिदियो । पुनरावेदन अदालत हेटौडाले पनि जिल्ला अदालतकै फैसला सदर गरेसँगै लामिछाने परिवारको बिचल्ली हुन पुगेको छ । लामिछाने परिवारलाई केही लाखको प्रलोभनमा पारी भरतपुर क्यान्सर अस्पताल पछाडिको करोडौँ मूल्य पर्ने सो जग्गा हडप्ने भु माफिया गौतमले अन्य सोझा सिधा सर्वसाधारणहरुलाई पनि आफ्नो निशाना र शिकार बनाउने गरेको खुल्नमा आएको छ । उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाको नाममा दर्ता रहेको अर्घाखाँची जिल्लाको नरपानीको ढुड्डा खानी देखाउदै ठग गौतम र गुरुगंले पोखरा लगायतका स्थानका अरु दर्जनौ सर्वसाधारणसँग करोडौ रकम उठाई झ्वाम बनाएको समेत खुल्नमा आएको छ ।
बैंकबाट कालो सुचिमा परिसकेका ठग गौतमले मिठो र चिल्लो बोलेर सर्वसाधारणलाई आफ्नो पञ्जामा फसाउने गरेको अर्का एक पिडितले बताए । कानुनको नौसिङ्ग बुझेका ठग गौतमले हरेक कारोबारमा आँफु कानुनी रुपमा नफस्ने गरी कागज गराउने गरेकाले सर्बसाधरणलाई सजिलै ठग्ने गरेको देखिएको छ । करोडौको गाडी र काठमाण्डौ र हेटौंडामा भब्य आलिसान महलमा बस्ने गौतमको कारण ठगीनेहरु बढेपनि उनलाई हालसम्म कसैले कार्बाही गर्न सकेको छैन् । सर्बसाधरणलाई ठगेको रकमको केही हिस्सा दिई गौंतमले केही राजनितीक दलका नेता र प्रहरी प्रशासनका हाकिमहरुलाई समेत आफ्नो बसमा पारेको कारण ठग गौतमलाई कुनै निकायबाट कार्बाही नभएको बुझिएको छ ।
यस विषयमा राजनितिक दलका नेता, केन्द्र सरकार, प्रदेश सरकार, स्थानिय सरकार, पुलिस प्रशासन र सर्वसाधारण सबै सचेत सजग र सर्तक रहनु पर्ने देखिन्छ ।
भु माफिया गौतमको ठगी धन्दा बढ्दै गएपछि उनिबाट प्रताडित भएकाहरुले उनलाई कार्बाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । गौतमद्धारा पिडित पोखरा महानगरकी सुजा महतले कानुनलाई सजिलै छल्ने यस्ता फटाहरुलाई कसले कार्बाही गर्ने ? भन्दै चिन्ता जनाइन् । यता, गौतमले चलाउने मोबाइल नं. स्वीचअफ भएकोले यसबारे हामीले उनिसँग प्रतिक्रया भने लिन सकेनौँ ।
मिटरब्याजको धन्दामा समेत गौतम
भु माफियाको रुपमा कुख्याती कमाएका होमनाथ गौतम मिटरब्याजको धन्दामा समेत सामेल रहेको खुल्नमा आएको छ । आफु बैँकबाट कालो सुचिमा परेका गौतमले आफ्ना चौलागाई थरका एक भान्जा र अन्य नारायणगढ, हेटौडा र काठमाडौँका कतिपय महिला तथा युवतीहरुलाई प्रयोग गरी मिटर ब्याजको धन्दा समेत सञ्चालन गर्ने गरेको खुल्नमा आएको हो । पोखराका एकजना गुरुड्डलाई तिनै गौतमले हेटौडाकै एकजना श्रेष्ठ थरकी महिला मार्फत रु विस लाख दिएका थिए । गुरुड्डलाई दिएको सो रकमको कागज गराएका गौतम र श्रेष्ठले चर्को ब्याज लगाई कागज गराएको स्रोतको दाबी छ । स्रोतका अनुसार ति महिलाले आफ्नो सामान्य चिनजान समेत नभएको ति गुरुड्डलाई गौतमले भनेकै आधारमा त्यत्ति ठूलो रकम दिनुले आफु कालो सुचीमा परेका गौतमले श्रेष्ठ जस्तै महिलाहरु मार्फत मिटर ब्याजको धन्दा गरेको खुल्नमा आएको हा । ग्रामिण भेगका सर्वसाधारणलाई फसाउनदै ठगी धन्दा गर्दै आएका भु माफिया गौतमको कर्तुतहरको बारे सर्वसाधारणलाई ज्ञान हुन आवश्यक देखिन्छ । गौतम जस्ता भु माफियाहरुको कारण मुलुकभर हजारौ सर्वसाधारण पिडित एवं प्रताडित छन् । भु माफिया गौतमको धन्दामाथि अकुंश लगाउन ढिला गर्दा थप सर्वसाधारण ठगिने देखिन्छ । कानुनतः आफु नदेखिएर वा माथि पररे काम गर्ने हुनाले कानुनी कार्बाहीबाट यस्ता माफियाहरु सयौ उम्कदै आएका छन् । राजनितिक, आर्थिक र प्रशासनिक पहँुच राख्ने यस्ता माफियाहरुले गर्दा धेरैको उठिवास लागीसकेको छ । यस्ता भु माफियाहरुलाई कस्ले कार्बाही गर्ने राज्यले कि विद्रोही शक्ति वा अन्य जनसमूहले ? सर्बसाधरण भुमाफिया गौंतममाथीको कार्बाही र आफ्नो गुमेको सम्पती फिर्ता सँगै उत्तरको पखाईमा छन् । आजको भण्डाफोर अभियानबाट