कावासोतीमा सेटिङ्गमा जुवाखाल, उपल्लो निकाय किन बेखबर !

सुर्य बराल । कावासाती २०७६ मंसिर १८ गते
नवलपुर जिल्लाको सदरमुकाम कावासोती डण्डामा लामोसमयदेखि जुवाखाल सञ्चालन भईरहेको छ । यस बिषयमा सञ्चारमाध्यममा पटक पटक समचार पनि आईसकेको छ, तर फेरी पनि जुवाडेहरु निर्वादरुपमा जुवाखाल सञ्चालन गराईरहेका छन् र खेलाडीहरुलाई जुवा खेल्न बोलाउदै भनिरहेका छन् प्रहरी सेटिङ्गमा छ, चिन्ता लिनु पर्दैन् ।

जिल्लाको कावासोतीको अलवा अन्य स्थानमा जुवाडेहरुले घुम्ती अभियानको रुपमा जुवाखाल सञ्चालनमा ल्याईरहेका छन् । उनीहरुले कावासोती, डण्डा, आरुङ्गंखोला, दाउन्ने, र देबचुली लगाएतका बिभिन्न क्षेत्रमा चर्हादै जुवाखाल सञ्चालनमा ल्याईरहेका हुन् । जुवाडेहरुले लामो समयदेखि नियमित जुवा सञ्चालन गरिरहेको खुल्नमा आएको हो । जिल्लामा प्रहरीकै मिलेमतो र सेटिङ्गमा जुवाखाल, तस्करी र अन्य अबैध धन्दाहरु मौलाईरहेको जनगुनासो बढीरहेको छ ।

जिल्लाका प्रहरी हाकिम र ईस्पेक्टरको जुुवाडेहरुसँग, अबैध धन्दा गर्नेहरुसँग साठँगाठ गरेको जनगुनासो आईरहेको छ । त्यस्तै स्थानीय प्रहरी चौकी र केही प्रहरीहरुसँगको सेटिङ्गमा जिल्लामा जुवाखाल, तस्करी र अबैध धन्दा भित्रभित्रै मौलाउदैं गईरहेको बुझिएको छ । भण्डाफोरलाई प्राप्त गोप्य श्रोतको जानकारी अनुसार कावासोती र डण्डाको तल्लो तटिय क्षेत्र सेतोपानी लगाएतका जंगलसँग सिमा जोडिएका र नारायणी तिरमा संञ्चालित कतिपय कटेजहरुमा समेत जुवाडेहरुले आफ्नो अखडा बनाईरहेको खुल्नमा आएको छ ।

जिल्लामा कार्यरत प्रहरीका केही भ्रष्ट्र चल्तापुर्ता ब्यक्तिलाई पैसाको प्रलोभनमा पारी उनीहरुकै सुचना र सहयोगमा कावासोतीमा निर्वाद जुवाखालको स्वर्गस्थल बनाएको श्रोतको दावी छ । त्यस्तै जुवाडेहरुले केही अन्य युवाहरुको टोली नै बनाई को आँउछ को जान्छ हेर्न लगाउने गरेको पाईएको समेत श्रोतले जानकारी दिएको छ । यसरी जिल्लामा जिल्ला प्रहरीकै केही भ्रष्ट्र अधिकृत र हाकिमसँगको साँठगाँठमा जुवाखाल सञ्चालन गर्दै आईरहेको खुल्नमा आएको छ । उनीहरुले सञ्चालन गर्ने जुवाखालमा एकै खेलमा पचास लाखदेखि करोडसम्मकै खेल हुने गरेको पनि बुझिएको छ । श्रोतका अनुसार चितवन डेरा गरी बस्ने नामुद जुवाडे शालीग्राम सापकोटा जुवाडेको नाईके रहेको बुझिएको छ ।

त्यस्तै ,डण्डाका क्रृषि थनेत, चितवनका जुवाडे बोध बहादुर पौडेल, दोङ्ग भन्ने गोर्खाका नामुद जुवाडे, हरि भन्ने नामुद जुवाडे र नारायणगढकै केही नाम चलेका ब्यापारीहरु समेत अहिले नवलपुरका बिभिन्न क्षेत्रमा निर्वाद रुपमा जुवा खेलिरहेको पाईएको छ । ति स्थानमा सञ्चालित जुवाखालबारे जिल्लामा रहेका एसपीलाई थाहा भएरपनि उनले नियन्त्रण गर्न सकिरहेका छैनन् । चितवन, नवलपुरका जुवाडेहरु साथै केही अन्य जिल्लाका जुवाडेहरु अहिले नवलपुरका ति स्थानहरुमा जुवा खेल्ने गरेको पाईएको हो ।

चितवनका एसपीले समेत स्पष्ट लाईन नदिएपछी जुवाडेहरुले नवलपुरलाई आफ्नो अखडा बनाएको पाईएको हो । यसैविच जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक मोहन पोख्रेलसँग यस विषयमा बुझ्न खोज्दा उनको मोबाईलमा सम्पर्क हुन सकेन् । आजको भण्डाफोर अभियानबाट