‘चरणदास चोर’ नारायणी कला मन्दिर नारायणगढमा आज ३:३० देखि मञ्चन हुँदैं

निर्देशक विकास जोशी द्वारा निर्देशित नाटक ‘चरणदास चोर’ नारायणी कला मन्दिर नारायणगढमा आज ३:३० देखि मञ्चन हुने भएको छ ‘चरणदास चोर’ नाटक नारायणी कला मन्दिर, नारायणगढमा मसिर १६ देखि २१ सम्म हरेक बेलुका ३:३० देखि मञ्चन हुने भएको हो । चरणदास चोर विरोधाभासले संकल्पित छ ।

नाटकमा सम्पूर्ण विषय विरोधको वरिपरि निर्माण गरिएको छ । झूटा, बदमाश, चोरहरू छन् तर तिनीहरूको सिद्धान्त पनि छ । यहाँ कानूनका अभिभावकहरू छन्, तर यसलाई बिगार्नेहरू पनि छन् । सन्त र सन्यासीहरू छन्, तर तिनीहरू पैसाको पछि लाग्छन् । धनी मानिसहरू छन्, तर हृदयबाट तिनीहरू सबैभन्दा गरिब छन् । गरिबहरु छन्, तर मनमा तिनीहरू धेरै धनी छन् ।

यसरी सम्पूर्ण विषयवस्तु एकपछि अर्कोको विपरीतले उल्लेखनीय संयोजन भएको नाटक हो ‘चरणदास चोर’ । नाटकले एक क्षुद्र चोर, चरणदासको अशान्तिमय जीवन यात्रा देखाउँछ । चरणदासको पुलिसबाट भाग्ने क्रममा आफनो गुरुसँग भेट हुन्छ र उनले आफ्नो गुरुसँग चारवटा वाचा गर्छन । म कहिले सुनको थालमा खानेछैन, आफ्नो सम्मानमा हुने जुलूसको कहिले पनि नेतृत्व गर्नेछैन, कहिले कुनै देशको राजा हुनेछैन र आजीवन कुनै रानीसँग बिहे गर्नेछैन । यी वाचाहरुलाई चरणदासले पुरा गर्छन या गर्दैनन् भन्ने कुरा नाटकमा घुमाउरो तरिकाले प्रस्तुत गर्न खेजिएको छ ।

हबीब तनवीरको प्रख्यात नाटक चरणदास चोरलाई आशन्त शर्माले नेपाली अनुवाद गरेका हुन भने विष्णु माया विश्वकर्मा मन्त्री , गोविन्द अधिकारी मुखिया, मुकुन्द खलपात्र गुरु , सुमन गहतराज बिर्खे, अञ्जना थपलिया राजपुरोहित, विवेक तिवारी चरणदास ,कृपा अधिकारी रानी , कुशल घिमिरे पन्डित, निशु मगर धनी स्त्री र दासी , सलिना वाग्ले खचान्चि, सुमित आचार्य हवल्दार , विकाश रसाईली खुदो व्यपारी को रुपमा रहेर आफ्नो भुमिका निर्वाह गरिरहेका छन भने विकास ढकाल , पवन श्रेष्ठ र सुनिल ढुङ्गाना लाई गँजडी जुवाडे र जडिया को भुमिका सहित नाटक को विच विच मा फरक फरक पात्र हरु को रुपमा देख्न पाइने छ

निर्देशक जोशीले यसअघि आरोप, सकेको तिरैला नत्र फिरीमा, स्वप्निल स्वप्न नगरी जस्ता नाटकहरूमा निर्देशन गरिसकेका छन् । ग्रान्ड प्रिमिएर सो मा दर्शक को मन जित्न सफल यो नाटक मसिर १६ बाट २१ सम्म नियमित मन्चन नारायणी कला मन्दिर मा हुने छ त्यस पछि भने कलाकार हरु ले देश को केही जिल्ला मा चरणदास चोर प्रदर्सन गर्ने बताइएको छ।