छाउगोठमा निसासिएर फेरि महिलाको मृत्यु

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला छाउगोठमा ज्यान गएको हो ।

अछाम/अछामको छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ ।घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नरिीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँमा आगो बालेकाले नसिास्सएिर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

‘महिनावारी भएको हिजो ३ दिन भएको रहेछ। सय मिटर टाढाको घरमा बसेको पाइयो,’ भट्टले भने, ‘बिहान साढे ७ बजेसम्म नउठेपछि उनका जेठाजु उठाउन गए। नबोलेपछि ढोका फोडेर हेर्दा मृत अवस्थामा फेला फरेको हो।’ पार्वतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने तयारी भैरहेको छ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला छाउगोठमा ज्यान गएको हो।

यसअघि २०७४ जेठमा तुर्माखादकी २२ बर्षिया गौरी बुढाको छाउगोठमा निसासिएर र २०७५ मंसिरमा तुर्माखादमै १८ बर्षिया पार्वती बुढाको सर्पले टोकेर मृत्यु भएको थियो। जिल्लाका विभिन्न नकिायका तथ्यांकअनुसार यो घटना समेत गरि १४ जना महलिा तथा किशोरीको छाउगोठमा ज्यान गएको छ। कान्तिपुरबाट