ग्रेट एफ. एम.को अध्यक्षमा पत्रकार रिजाल निर्वाचित

चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको ग्रेट एफ. एम.को अध्यक्षमा पत्रकार रामेश्वर रिजाल निर्वाचित भएका छन । शनिबार सम्पन्न एफ एमको बिशेष सधारणसभाबाट रिजाल अध्यक्षमा निर्वाचित भएका हुन । उनले अध्यक्षका अर्का दाबेदार अनिल कुवँरलाई १० मतको अन्तरले पराजित गरे ।

रिजालले १६ मत प्राप्त गरे भने कुवँरले ६ मत प्राप्त गरे । अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो । उपाध्यक्षमा भरत पाठक, सचिवमा नारायण न्यौपाने, कोषाध्यक्षमा राम शरण बर्तौला र सदस्यहरुमा कृष्ण जंग श्रेष्ठ, धर्मराज खनाल, लक्ष्मण सापकोटा सर्वसम्मत चयन भएका छन । नवनिर्वा्चित अध्यक्ष रिजालले रेडियो पुर्ण रुपमा समुदाय र श्रोता लक्षित रहने भन्दै अगामी दिनमा नयाँ रणनितिका साथ अघि बढ्ने बताए । अध्यक्षमा निर्वाचित रिजाल बिगत करिब एक दशकदेखि पत्रकारितामा सक्रिय रिजाल यस अघि साप्ताहिक सञ्जाल चितवनका सचिव समेत थिए ।  ग्रेट एफएम बिगत ६ बर्षदेखि खैरहनी नगरपालिका ८ बाट प्रसारण हुदै आएको छ ।