Breaking News

गाउँपालिका अध्यक्ष गुरुङले गरिन लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

कुरिनटार /चितवनको इच्छाकामना गाउँपालिकामा २८ औँ अन्तराष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु भएको छ । सोमबार इच्छाकामना गाउँपालिकामा एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले अभियानको उद्घाटन गरेकी हुन् ।
महिला अधिकारकर्मी, गाँउपालिकाका कर्मचारी, राजनितिक दलका प्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि,संचारकर्मी लगायतको सहभागीतामा कार्यक्रम उद्घाटन गरिएको हो । उद्घाटन पछी शुरु भएको अन्र्तकृया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ्गले अझै पनि पितृसतात्मक मानसिकताबाट मुक्त हुन नसक्दा महिला हिंसाका गतिविधि नरोकिएको भन्दै गाउँपालिकाकामा महिला हिंसा रोक्नका लागि विभिन्न समयमा अन्र्तकृयात्मक कार्यक्रमका साथै महिलाहरुलाई लैङ्गिगक हिंसा सम्बन्धी विषयमा जानकारी गराईरहेको जानकारी दिईन्। कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठले हिंसा परिवारभित्रै बढी हुने भएकाले सजक रहनु पर्ने बताए। श्रेष्ठले भने महिलारु महिलबाट नै बढी पीडित हुने गरेकोले महिलाहरु अब सचेत हुनुपर्ने बताए ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य प्रताप गुरुङ मौसमले हरेक बर्ष कर्मकाण्डी रुपमा कार्यक्रम गरेर महिला हिंसा अन्त्य नहुने बताए । उनले सबै दुरदराजमा महिला हिंसाविरुद्धको कार्यक्रम लैजानु पर्ने सुझाव दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि सावित्रि पुडासैनीले महिला हिंसा न्यूनिकरणक लागि महिलाहरुमा शिक्षा र चेतनाको आवस्यकता रहने बताईन । महिला समन्वयका प्रतिनिधि सावित्रा सिलवालले सबै क्षेत्रमा लैङ्गिक हिंसा भएको बताउनुभयो। उहाँले राजनितिमा समेत महिलाहरुले केही गर्न सक्दैनन भनेर अघि बढ्न नदिई नैरसता उत्पन्न गराउने, समाजमा कुरा काट्ने जस्ता प्रवृति अझै कायम रहेको बताईन ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक कञ्चन लामाले पछिल्लो समय महिला हिंसा बढेको नभई चेतना बृद्धिका कारण बाहिर ल्याउने क्रम बढेको बताए ।
कार्यक्रममा गाउँपालिका कानुनी सल्लाहकार रामचन्द्र न्यौपानेले महिला हिंसाविरुद्धको अभियान २०१९को अवधाराणपत्र प्रश्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतका प्रतिनिधिहरुले बोलेका थिए । गाउँपालिका प्रवक्ता सावित्रि गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रम वडा नम्बर तीनका सचिव रिता नेपालले संचालन गरेकी थिईन्।

sahid diwas