चितवन मेडिकल कलेज भित्रको वन्दुक प्रकरण : बन्दूकमा कलेजसँग सम्बन्धित कसैको सम्लग्नता नरहेको स्पष्टोक्ती ।

चितवन /चितवन मेडिकल कलेजले हिजो शनिबार कैलाशनगर स्थित कलेज परिसरमा भेटिएको भनिएको बन्ुदकमा कलेजसँग सम्बन्धित कसैको सम्लग्नता नरहेको स्पष्ट पारेको छ यस्ता गैह्र कानुनी कार्यमा कलेजका विद्यार्थी लगायत कुनै सदस्य संलग्न नभएको समेत कलेजले बताएको छ । कलेज प्रशासनले आज आइतबार एक विज्ञप्ती जारी गर्दै कलेज जस्तो सार्वजनिक स्थलमा भएको गैह्रकानुनी कार्यको चितवन मेडिकल कलेजले घोर भत्र्सना गर्ने बताएको हो ।
साथै सो कार्यमा संलग्न जो कोही भए पनि आवश्यक अनुसन्धान गरी कार्वाही गर्न समेत माग गरेको छ । घटनाका कारण सिर्जित अप्ठ्यारो परिस्थितिमा विद्यार्थीहरुको शान्ति सुरक्षाको लागी कलेज व्यवस्थान संधै तयार रहेको जनाएको छ । “यस्तो घृणित कार्यमा चितवन मेडिकल कलेजका विद्यार्थी लगायत कुनै सदस्य संलग्न नभएको कुरामा कलेज प्रशासन विश्वस्त छ । यस्तो संवेदनशील विषयमा कपोकल्पित आरोप प्रत्यारोप नगरी घटनाको निष्पक्ष छानबिनमा सहयोग गर्न कलेज सबैमा अपिल गर्दछौं’’ विज्ञप्तिमा भनिएको छ ।

यता, कलेज परसिरमा सुरक्षा तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हिजो कैलाशनगर स्थित चितवन मेडिकल कलेज परिसरमा प्रहरीले हतियार बरामद गरेको थियो । तर हतियार के कसरी कस्ले त्याहाँ ल्यायो भन्ने बिषय भने शंकाष्पद रहेको छ ।