क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन /सेवन बन्द गर्नुपर्ने ।

चितवन । चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन तथा सेवन बन्द गर्नुपर्नेमा जोड दिएका छन् । भरतपुरको नारायणी दोभान क्षेत्रमा शुक्रबार आयोजना गरिएको नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको साधारणसभा उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन तथा सेवन बन्द गर्नुपर्नेमा जोड दिएका हुन् ।

बक्ताहरुले धुमपान र मध्यपानबाट राज्यलाई आउने आम्दानी भन्दा यसको सेवनबाट हुने धनजनको क्षति भयाभव भईरहेको तथ्यांकबाट देखिएकाले निर्मम भएर धुमपान र मध्य पान उत्पादनमा रोक लगाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै नारायणी दोभान टोल बिकास सस्थाका अध्यक्ष सुर्य बरालले धुम्रपान, मधपानबाट आउने राजस्वमा लोभिएर सरकारले मदिराजन्य उत्पादनहरुलाई प्रशय दिदै जनस्वास्थ्यमाथी खेलवाड गर्न नहुने बताए। त्यस्तै, कार्यक्रममा भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व अध्यक्ष एवम् क्यान्सर रोग विशेषज्ञ डाक्टर भक्तमान श्रेष्ठले खानपानका कारण मानिसमा क्यान्सरको प्रकोप भयावह हुँदै गएको बताए ।

चुरोट सूर्तिको सेवन नगर्दा तथा आहार विहारमा ध्यान दिएको अवस्थामा क्यान्सर लाग्ने सम्भावना न्यून हुने भन्दै श्रेष्ठले सरकारले मदिरा र सुर्तिजन्य बस्तुको उत्पादनमा पूर्ण प्रतिबन्द लगाउनुपर्नेमा जोड दिए। कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहालले बिसादीयुक्त तरकारी र मधपान तथा धुम्रपानको सेवनले क्यान्सर बढाउने भएकाले सचेतना फैलाउनुपर्ने बताए । दाहालले आफुबाटै शुरु गरेर अगाडी बढ्नुपर्र्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले धुमपान र मध्यपानको उत्पादनलाई रोक्नका लागी ऐन बनाउने बताएका छन् । पोखरेलले आफू नीति निर्माण तहमा रहेका कारण स्वस्थ नेपाल बनाउन नीति बनाउने बताए । धुमपान र मध्यपानको प्रचार तथा सेवनको सार्वजनिक विज्ञापनमा सरकारले रोक लगाएको उल्लेख गर्दै पोखरेलले अबको दिनमा उत्पादन नै बन्द गर्नका लागि आफू निर्मम भएर अगाडि बढ्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य सदस्य गीता वाग्ले, भरतपुुर ३ का वडाअध्यक्ष चन्द्रमिज्ञ पण्डित, चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराईलगायतका बक्ताहरुले क्यान्सर रोग नियन्त्रणका लागी धुम्रपान तथा मधपानको उत्पादन तथा सेवन बन्द गर्नुपर्नेमा जोड दिएका थिए । अर्बुद रोग निवारण संस्था चितवनका अध्यक्ष दिनेशकुमार चुकेले क्यान्सर लागेर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि बस्न हस्पिस सेन्टर निर्माण गर्न लागेको जानकारी दिए ।

संस्थाको २२औँ वार्षिक साधारणसभाका अवसरमा सचिव हरि पौडेलद्वारा प्रस्तुत आ।व। २०७५।०७६ को प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष रितु गिरीद्वारा प्रस्तुत संस्थाको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।