उद्योग विकासका लागी ठोस योजनाका साथ काम सुरु गर्ने : मन्त्री भट्ट

                     

                                       आजबाट भरतपुरमा तिन दिन चौथो राष्ट्रिय कृषी यान्त्रीकरण प्रदर्शनी शुरु                 चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब चाँडै नै उद्योग विकासका ठोस योजना सार्वजनिक गर्ने बताएका छन । मन्त्री भट्टले आफुले हिजोबाट मात्रै जिम्मेवारी सम्हालेकाले आवश्यक गृहकार्यपछि उद्योग विकासका लागी ठोस योजनाका साथ काम सुरु गर्ने बताएका हुन । आजबाट भरतपुरमा तिन दिन सम्म चल्ने चौथो राष्ट्रिय कृषी यान्त्रीकरण प्रदर्शनीको उदघाटन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।
मन्त्री भट्टले मुलुकको समृद्धिका लागी कृषी मुख्य आधार रहेको उल्लेख गरेका छन । उनले उर्जा, पर्यटन लगायत अन्य विकासका आधारहरु धेरै भए पनि कृषी मुख्य भएकाले कृषीको आधुनीकीकरणका लागी सरकारले काम गरीरहेको बताए ।
उनले अब सर्वसाधारणले सिधैँ मन्त्रीलाई भेट्ने वातावरण निर्माण गर्ने बताए । सर्वसाधारणले विशेष किसीमका समस्या सम्बन्धीत मन्त्रीलाइ मन्त्रालयमै सहज रुपमा भेटेर राख्नसके समस्या समाधानका लागी सजीलो हुने मन्त्री भट्टको भनाइ छ ।
मन्त्री भट्टले उद्योगको विकासमा देखिएका समस्यासँगै समाधानका उपाय पनि सँगै लिएर आउन उद्योगी व्यवसायीलाइ आग्रह गरेका छन । मन्त्री भट्टले उपाय पनि सँगै लिएर आए समस्या समाधानका लागी सहज हुने बताएका थिए।
कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले कृषीमा आधुनीकीकरणविना मुलुक आत्मनिर्भर बन्ननसक्ने बताए । अहिले कृषीका आधुनीक यन्त्रहरु भारत र चीनबाट आउने गरेको भन्दै अब नेपालमै उत्पादन गर्नुपर्नेमा जोड दिए । कृषी नेपालीहरुको प्राण मात्र नभइ सभ्यता पनि भएकाले त्यहि प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने बताए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यस प्रदर्शनीबाट भरतपुर फाइदा लिन सवैसँग आग्रह गरेकी छिन । कृषीमा आधुनीक यन्त्रको प्रयोग गरी व्यवसायीक बनेमात्रै कृषीमा परनिर्भरता कम गर्नसकिने बताइन । महानगरले पनि कृषीलाइ विशेष महत्वका साथ कार्यक्रम अगाडी बढाइरहेको बताउदै चितवनमै भएको राष्ट्रिय कृषी यान्त्रीकरणले कृषी आधुनीकीकरणमा ठुलो टेवा पुग्ने बताइन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश ३ भुमि व्यवस्था कृषी तथा सहरकारि मन्त्रालय र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी मंसिर ९ गत्तेसम्म चल्ने छ । प्रदर्शनीमा २० भन्दा बढी मुलुकका २ हजार भन्दा बढी किसीमका आधुनीक कृषी यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु राखिएका छन । ७० जिल्लाका करिव ३५ हजार कृषक तथा सरोकारवालाहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ ।