नवनियुक्त मन्त्रीहरुले शपथ लिए ।

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज बिहिबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् ।

प्रधानमन्त्रीले बुधबार घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङलाई मन्त्रीमा नियुक्त गरेका थिए।

यस्तै, मोतीलाल दुगड, नवराज रावत र राजवीर मानन्धनरलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। नव नियुक्त राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीबाट शपथ लिए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगाएतको समेत उपस्थिति थियो।