Breaking News

सर्वोच्चको आदेश : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, पक्राउ सबैलाई रिहा गर्नु

काठमाडौं – सर्वोच्च अदालतले नेपालको सीमा अतिक्रमणको विरोधमा नाराबाजी गर्दा पक्राउ परेकाहरुलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । अदालतले कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयमा नाराबाजी गर्ने क्रममा पक्राउ गरी थुनामा रहेका पाँच जनालाई थुनामुक्त गर्न बुधबार आदेश जारी गरेको हो ।

                                                                                          आजको बिशेष

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले बुधबार टीकाप्रसाद कँडेल, विर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र बिजबहादुर घिसिङलाई अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “निजहरुले कुनै पनि अशान्ति मच्चाउने खालको फौजदारी कसुर गरेको देखिँदैन, गैरकानूनी तवरबाट प्रवृत्त धारणा राखी बन्दी बनाइएको देखिँदा तत्काल थुनामुक्त गर्नू ।” गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गर्दै टीकाप्रसाद कँडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको गरेका थिए । – रासस

 

sahid diwas