देवचुली नगरपालिकामा सार्बजनिक जग्गा अतिक्रमण प्रकरणः श्रेष्ठको अगाडी राज्य संयन्त्र किन निरिह ?

नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा दश बिगाहा बढी सार्बजनिक जग्गा अतिक्रण भएको घटना दुई बर्ष भन्दा बढी भईसक्यो ।
चितवनको नारायणगढ निवासी सिद्धिकुमार श्रेष्ठले छोराहरु र आफ्नो साझेदारीमा रहेको सिद्धि एण्ड सन्स प्रा.लि.को नाममा सञ्चालित मेघापार्कले बिघौं बिगाहा सार्बजनिक जमिन अतिक्रमण गरि एकपछी अर्को संरचना बनाउदै लगेपनि घटनाक्रमले धनाढ्य श्रेष्ठको अगाडी स्थानिय सरकारको रुपमा रहेको देबचुली नगरपालिका लगाएतका राज्यका निकाय र राज्य संयन्त्रहरु नै निरिह देखिएको हो ।
स्थानिय बासीन्दाको निरन्तरको बिरोध, स्थानिय र राष्ट्रिय सञ्चारमाध्यममा लगातार समाचार आईरहे पनि सार्बजनिक जग्गा अतिक्रमण गरी धमाधम मेघापार्क रिर्सोट बन्दै गईरहेको छ । बिवादित एवं अतिक्रमित उक्त सार्बजनिक जग्गामा बन्दै गईरहेको रिर्सोटको निमार्ण कार्य रोक्न स्थानिय सरकार र सरोकारवाला निकायहरु पूर्णत असफल भएका हुन् ।
उनीहरुको असफलता र मौंनताभित्र गम्भिर रहस्य हुनसक्ने स्थानियबासीहरुको आम आशंका छ । नगरपालिका मात्र होईन यो बिषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिती, प्रदेश सरकार, अख्तियार दुरुपयोग रोक्ने निकायका पदाधिकारीहरु समेत शंकाको घेरामा छन् । सरकारी कार्यालयहरुमा एकपछी अर्को उजुरी र निवेदन परेपनि ति निकायहरु समेत सार्बजनिक सम्पति अतिक्रमणकारीद्वारा निर्माण भईरहेको रिर्सोटको निर्माण कार्य रोक्न कुनै तदारुक्ता देखाउन सकिरहेका छैनन् ।
जुन थप खोजीको बिषय बनेको छ । एउटा र शक्तिशाली तथा पैसावाल ब्यापारीले आफनो ब्यबसायीक फाईदाको लागी बिघौं सार्बजनिक जमिन अतिक्रमण गरेर अहिले पनि धमाधम रिर्सोट निर्माण गरिरहेको भएपनि नगरपालिका किन कानमा तेल हालेर मुकर्दशक बसिरहेको हो । थप खोजीको बिषय बनेको छ । गत् बर्ष नगरपालिकाको ईन्जीनियरसहितको टोली त्याँहा गई अतिक्रमित स्थानको रेखाङ्कन गरेपनि सो पार्कले नगरपालिकालाई समेत अटेरी गर्नुले स्थानिय सरकारको हैसियत प्रष्टिएको छ ।
स्थानियहरुको ब्यापक बिरोध हँुदाहँुदै पनि राज्यको यति धरै सम्पति हडप्पीएको बिषयमा कडाईपुर्बक रोक्न लाग्नुपर्नेमा नगरपालिका लगाएतका राज्यका निकायमा आसिनहरुलाई के कारणले रोक्यो यस बिषयमा खोजी गर्नुपर्ने भएको छ । सार्बजनिक जग्गा पचाउन श्रेष्ठले सामाजिक र धार्मिक आबरणका योजना समेत अगाडी बढाएका छन् । श्रेष्ठले आफुलाई धार्मीक र सामाजिक ब्यक्तित्व देखाउन स्थानियलाई मन्दिरको लागी केही जग्गा दिने र युवाहरुलाई खेल मैंदान दिने लगाएतका कार्य सार्बजनिक जग्गा पचाउने गरेको स्थानियहरुले बताएका छन् ।
स्थानिय युवा समाजसेवी बाबुराम घिमिरेले भने यसरी एउटा धनाढ्यले योजनाबद्ध रुपमा राज्यको १० औं बिगाहा भन्दा बढी सार्बजनिक जग्गा हडप्न खोजेको विषयमा सञ्चारमाध्यमबाट निरन्तर खबरदारी भईरँहदा समेत सम्बन्धित निकायहरु के हेरी बसिरहेका छ । उनले अगाडी थपे वडाध्यक्षले समेत बिरोध गर्दा पनि निर्माण कार्य राकिनुको सट्टा झन तिब्र गतिमा निर्माण हुनले श्रेष्ठको पहुँच माथीसम्म रहेको देखियो तर स्थानियले यसको जवाफ एकदिन दिने नै छन् ।
अर्का स्थानिय जनप्रतिनिधीले भने मेघापार्क निर्माण कार्यमा समेत श्रेष्ठले नारायणी र मुकुण्डे खोलाको ग्रयाभेल, गिटी र बालुवा अनियमित तबरबाट मनलाग्दी उत्खनन, डम्पीङ्ग र निकासी गरिरहेका छन् । उनले अगाडी थपे कार्बाही कस्ले गर्ने ?