एसओएसका विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण

चितवन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय चितवनले एसओएस बालग्रामका विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । प्रहरीसँग एक दिन कार्यक्रम अन्तरगत उनीहरुलाई साइबर सुरक्षा सम्बन्धि प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले सहभागी विद्यार्थीहरुलाई स्वागत गर्दै २१औँ शताब्दीमा विद्यार्थीको भूमिका, सामाजिक उत्तरदायित्व, नागरिकहरुको कर्तव्य लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले समुदाय–प्रहरी साझेदारी कार्यक्रम, विद्यालय सम्पर्क, प्रहरीसँग एक दिन कार्यक्रमको औचित्य र यसको प्रभावकारिता बारे जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुको जिज्ञासा मेटाउँदै प्रहरीको काम, कर्तव्य र अधिकारको बारेमा चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले जानकारी गराएका थिए । कोइरालाले साइबर अपराध, विगतको अवस्था र भविष्यको चुनौती, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराध र लागु औषधबाट बच्ने उपाएको बारेमा प्रशिक्षण दिईएको थियो । भरतपुर ८ मा रहेको एसओएस बालग्राममा कक्षा नौ देखि कक्षा १२ सम्म अध्ययन गर्ने ३५ जना विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी थिए ।