पत्रकार सन्तकुमार चौधरीलाई मातृशोक


चितवन, मंसिर २ / नेपाल पत्रकार महासंघ चितवन शाखाका सहसचिव, थारु पत्रकार संघ नेपालका केन्द्रीय महासचिव, चितवनका जुझारु युवा पत्रकार सन्तकुमार चौधरीलाई मातृशोक परेको छ ।

चौधरीको आमा कालिका नगरपालिका पदमपुर निवासी ७३ वर्षीय पकुली चौधरीको आज दिउँसो निवासमा निधन भएको हो । उनी कलेजो रोगबाट पीडित थिइन् ।

स्वर्गीय चौधरीको इसाइ परम्पराअनुसार भोलि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । स्वर्गीय चौधरीको दुई छोरा, चार छोरी र श्रीमान रहेका छन् ।