खाजा खर्च कटाएर बिपन्न समुदायका चेपाङ्ग बालबालिकालाई शैक्षिक सामाग्री बितरण

संगीता बानिया

सामुदायिक रेडियो,रेडियो शिवशक्ति ९८.३ मेगाहर्जले साबिक सिद्दि गाबिसको कालिका नगरपालिका वडा नं १० लोतंतीको आधारभुत बिद्यालयका बिद्यार्थीहहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

                            आर्थीक रुपमा बिपन्न समुदायका चेपाङ्ग बालबालिकालाई रेडियोका कर्मचारीहरुले खाजा खर्च कटाए जम्मा गरेको रकमबाट सो कार्य गरेका हुन ।

               बिद्यालयका ५२ जना छात्र छात्रालाई स्कुल झोला सहित कलम, कापी, शिशाकलम, मेटाउ र पेन्सील कटर बितरण गरिएको रेडियोका स्टेशन म्यानेजर रमेश पौडेलले जानकारी दिनु भयो । शैक्षिक सामाग्री बितरण कार्यक्रममा बोल्नुहुदै म्यानेजर पौडेलले रेडियो प्रसारणलाई मात्र होईन सामाजिक कार्यमा पनि लाग्नु उत्तिकै जरुरी रहेको प्रस्ट पार्नु भएको थियो ।

             कार्यक्रममा बोल्दै म्यानेजर पौडेलले आगामी दिनमा अझै पनि सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत जाहेर गर्नु भएको थियो । राष्ट्रिय आधारभुत बिद्यालय लातंतीका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुकराम प्रजाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रजा समुदायका बालबालिकाले झोला कापी पाए पछि नियमित बिद्यालय आउने जनाएका थिए ।

बिद्यालयका प्रधानाध्यापक भीम तामाङ्गले सो अवसरमा बोल्नु हुदै रेडियोले गरेको सहयोगले अरु सञ्चार माध्यमलाई पनि झकझकाउने बताउनु भएको थियो । औपचारीक कार्यक्रमको सञ्चालन रेडियोका सहायक स्टेशन मेनेजर संगीता बानियाले गर्नु भएको थियो ।