सीमा अतिक्रमणको विरोधमा प्रदर्शन,

चितवनमा विद्यार्थीहरुले जलाए भारतको नयाँ नक्सा

चितवन/सीमा अतिक्रमणको विरोधमा चितवनको भरतपुरमा दैनिकजसो प्रदर्शन भईरहेको छ । नेपाल विद्यार्थी संघ चितवनले सीमा अतिक्रमणको विरोधमा मंगलबार भरतपुरमा प्रर्दशन गरेको छ । प्रर्दशनको क्रममा नेबिसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् ।
भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरालगायतका क्षेत्रलाई नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शनसहित नक्सा जलाएको हो । भरतपुरको सप्तगण्डकी र मैयादेवी कन्या कलेजबाट निस्किएको विरोध ¥याली चौबिसकोठी हुँदै पुलचोकमा पुगि बिरोधसभामा परिणत भएको थियो ।
सभा सुरु हुनुअघि उनीहरुले भारतीय नक्सा जलाएका थिए । सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताले भारतको ज्याजती अन्त्य नभएर सडक संघर्ष गर्न तयार रहेको बताएका थिए । भारतीय हस्तक्षेप बन्द गर, लिपुलेख हाम्रो हो, सीमा मिच्न पाइँदैन, गोव्याक इण्डिया, हाम्रो देश हाम्रो माटो प्राण भन्दा प्यारो छ जस्ता नारासहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारको मौनताका कारण अझै हेपिनु पर्ने बाध्यता हुन सक्ने बताएका थिए ।
सरकारले यस विषयमा तत्काल समाधानको बाटो खोज्नु आवश्यक रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा नेविसंघ नेतृ कल्पना पौडेल, नेता प्रमेश्वर खनाल, विद्यार्थी नेताहरु कृष्ण बगाले, साजन गुरुङ, प्रनिशा गुरुङ्, पुस्कर अधिकारी, तिलक भुषाल लगायत ललगाएतका सयौं बिधार्थीको सहभागिता रहेको थियो ।