चितवन लगाएतका जिल्लामा गरिमा हाईव्रिड धानमा लागेन समयमा बाला

किसानहरु चिन्तित, क्षतिपुर्तिको माग, कम्पनीले फर्ड गरेको हुनसक्ने आशंका

चितवन, ९ असोज । १३० दिन भित्र बिउबाट बिउ बनिसक्नुपर्ने गरिमा जातको हाईब्रिड धान समयमा बाला नलागेपछी चितवन र नवलपुरका हजारौं किसानहरु पिडीत बनेका छन् । बिउ जमाएको ४ महिना पुग्न लागीसकेपनि अझै बाला नकोसाउदा किसानहरु चिन्तित बनेका हुन् ।
तरकारी खेतीको लागी खेत खाली गराउनुपर्ने समय भईसकेपनि भारतबाट आयत गरिएको सो धान नपसाएकोले किसानहरु दोहोरो मारमा परेका छन् । एकातिर उनीहरुको हजारौं बिघामा लगाईएको धान नपसाउदा धान उत्पादन नै नहुने र भईहालेपनि कम हुने अर्कोतिर यतिबेला तरकारीका बेर्नाहरु नर्सरीमै छिप्पन गई थप नोक्शान ब्योर्हन पर्ने भयले किसानहरु चिन्तित बनिरहेका हुन् । छोट्टो समयमा पाक्ने भनि लगाईएको धान समयमा कोसाउन समेत नसकेको कारण चिन्तित बन्नुपरेको हो राप्ती ८ बडहराका पिडीत किसान बिनोद धरेल गुनासो गरे । उनले भने गत् बर्षहरुमा यहि धान समयमा पाकेको थियो यसपाली अझै पसाएको छैंन् । धान पाक्न ढिला हँुदा तरकारी लगाउन ढिला हुदै गएकोले थप चिन्तित बन्नुपरेको छ । अर्का पिडीत किसान रामशरण ढुगांनाले अर्काको खेत ठेक्कामा लिएर २६ कठ्ठा जमिनमा गरिमा धान लगाएको भन्दै पोट्याउने समेत संकेत नदेखिएकाले अप्ठ्यारो अवस्था आएको दुखेसो पोखे उनले भने अब मैले कसरी ठेक्का बुझाउने ? स्थानिय जनसेवा सहकारीबाट बिउ लगेका ढुगंगानाले तरकारीको बेर्ना सार्न पनि नपाईने भो के गर्ने हामी त् साह्रै मर्कामा पर्यौं भन्दै प्याकिगं गर्ने कम्पनी र आयातकार्ताबाट क्षतिपुर्ति भराउनुपर्ने बताए । यता १६ टन भन्दा बढी धानको बिउ बिक्रि गरेका चितवन डिष्ट्रिब्युर्टस समेत रहेका राप्ती ८ मा रहेको प्रशान्त एग्रोभेटका सञ्चालक प्रदिप पाठकले अघिल्लो बर्षसम्म राम्रै ठानी लगाईएको गरिमा धानमा यस बर्ष के कारणले यस्तो समस्या देखिएको बुझ्न नसकिएको बताए । प्याकिगंमै समस्या हुनसक्ने उनले बताए । प्याकिगं सामान बेचेकाले आफुलाई धेरै जानकारी नरहेको र यस बिषयमा कम्पनीलाई नै बुझनुपर्ने उनले बताए । उता नेपाल आयत गर्ने कम्पनीका प्रमुख देवानन्द चौंधरी सँग सम्पर्क गर्न खोज्दा उनको मोवाईलमा पुरै घण्टी गएपनि उनले मोबाईल उठाएनन् । कम्पनि प्रमुखका आफ्नै साला नाता पर्ने कम्पनि प्रतिनिधि अनुज कुमार चौधरी सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । गरिमा धानको बिउको आयात नेपालमा सनराईज एग्रीकल्चर सेन्टर, टिकुलीगढ, दागंले गर्दै आएको छ ।
यसैबिच, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जिल्ला भरमा सो धानको वाला नपसाएको गुनासो आएको भन्दै छिट्टै प्राविधिक कार्यदल वनाएर स्थलगत निरिक्षण गरि प्रतिवेदन तयार गरिने जानकारी दिए । यो २०७२ सालमा सुचिकृत जात हो । यता कृषी मन्त्रालय अन्र्तगतको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन, ललितपुरका निमित्त प्रमुख केशव देबकोटाले यो धान गरिमा हुन नसक्ने बिज्ञहरुको अनुमान रहेको र केही दिनमै बिउको डिएनए रिर्पोट आएपछी थप कुरा गर्न मिल्ने बताए । भण्डाफोर अभियानसँग कुरा गर्दै प्रमुख देबकोटाले भने बिउको कारणले किसानलाई क्षति पुगेमा बिउवाला पक्षसँग क्ष्तिपुर्ति भराउने ऐनमै ब्यबस्था गरिएकाले आयातकर्ता र डिलरले क्षतिपुर्ति तिर्नुपर्ने हुनसक्ने छ । सम्रण रहोस चितवन, नवलपुर, दागं, बाके लगाएतका जिल्लामा गरिमा धान समयमा नकोसाएर किसान आन्दोलनमा उत्रने अवस्था आएपछी संघिय सरकारको कृषि तथा पशु मन्त्रालयले बरिष्ठ धान बैज्ञानिक डा. रामबरण यादबको नेतृत्वमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन ललितपुरका निमित्त प्रमुख केशव देबकोटा, धान बिज्ञहरु घनश्याम भण्डारी,शुसिल सुबेदी, पुरुषेत्तम सुबेदी रहेको छानबिन समिती बनाई अध्यय्न थालेको छ । हजारौ किसानहरुलाई मर्कामा पार्ने गरी किन कस्ले के कसरी धानको बिउ बिक्रि गरियो यस्को बारेमा हामी निरन्तर खोजी गरी तथ्यहरु ल्याउने नै छौं । किसानहरुलाई मुनासिब क्षतिपुर्ति र दोषिहरुलाई कार्बाहीको लागी जनताको तर्फबाट हामी बिशेष अपिल गर्दछौं ।  भण्डाफोर अभियानबाट