चितवनको युनाईटेड प्याकेजिगं उद्योगमा भिषण आगलागि

अझै आगो नियन्त्रण हुन बाँकी

चितवन/असोज ७/चितवनको भरतपुर महानगरपालिका–४, दुर्गाचोकमा रहेको (युनाईटेड प्याकेजिङ प्रा.लि.)मा आज (मंगलबार) भिषण आगलागि भएको छ । विहान २ः ४५ बजेदेखी लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।आगोलाई नियन्त्रणको प्रयास भईरहेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढका इन्चार्ज प्रहरी निरीक्षक रविन रेग्मीका अनुसार आगोबाट उद्योगमा पूर्ण रुपमा क्षति पुगेको छ भने छर छिमेकमा भने क्षति भएको छैन । विहान चट्याङ परेपछि आगो लागेको स्थानीयको भनाइ छ । राती चट्यागं परेको र त्यहि चट्यागं उधोगको ट्र्न्फर्मरमा परी आगलागी भएको प्रारम्भिक अध्ययनबाट थाहा लागेको स्थानिय सुरेश जोशीले जानकारी दिए । चट्याङले तार सर्ट भएर आगलागि भएको हुन सक्ने अनुसमान गरिएको छ । आगो निभाउन भरतपुर महानगर लगाएत जिल्लका ४वटा दमकल प्रयोग गरिएको छ । भरतपुर महानगरका कर्मचारी, नेपाल प्रहरी , शसस्त्र प्रहरी बल र नेपाली सेनाले रातीबाटै आगो निभाउन पानीको फोहोरा प्रयोग गरेपनि आगो नियन्त्रणमा नआएपछी महानगरले दुईवटा जेसिबी समेत प्रयोग गरी आगो निभाउने प्रयास भईरहेको छ । आगो दिउसोसम्म नियन्त्रणमा आउनसक्ने देखिन्छ ।