भ्रष्टाचार र नैतिकताको कुरा गर्ने, ज्ञानेन्द्र शाहीलाई बाँके जिल्लामा प्रवेश निषेध गर्ने चेतावनी

 

 
 
 

 नेकपा निकट विद्यार्थी र युवा संगठनहरुले ज्ञानेन्द्र शाहीमाथि जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

शुक्रबार बाँकेको नेपालगञ्जस्थित एयरपोर्टमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि शाही समूहले अभद्र व्यवहार गरेको भन्दै जनवर्गीय संगठनले भत्र्सना गरेका हुन ।

नेकपा निकट, अनेरास्ववियू, अखिल क्रान्तिकारी, युवा संघ र वाईसिएलको जिल्ला नेतृत्वहरुले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै हातपात एवं आक्रमण गर्नेप्रति निन्दा र खेद प्रकट गरेका छन् ।

                            भ्रष्टाचार र नैतिकताको कुरा गर्नेहरु पहिला आफू शीष्ट हुन सिक्नुस भन्दै विज्ञप्तीमा आगामी दिनमा यस्ता हर्कत दोहोरिए ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रवेश निषेध गर्ने समेत चेतावनी दिइएको छ ।

पढनुस विज्ञप्ती