काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको सम्भाव्यता ओझेलमा

काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भएपनि दुवै रेलको अहिलेसम्म विस्तृत सम्भाव्यता अध्ययन ९डिपीआर० हुन सकेको छैन ।यसै यता आएका चिनियाँ विदेशमन्त्री वाङसँग काठमाडौँ–केरुङ रेलबारे छलफल हुने अपेक्षा गरिएको थियो । तर त्यसबारे छलफल भएको वा नभएको सार्वजनिक गरिएको छैन । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भने काठमाडौं–रक्सौल रेलबारे कुरा उठेको थियो ।

यसबारे छलफल राम्रै भएको विभागका महानिर्देशक बालाराम मिश्र बताउँछन् । उनका अनुसार काठमाडौँ–रक्सौल रेलबारे सहमति समेत भएको थियो ।

वाङ यीको नेपाल भ्रमणका अवसरमा काठमाडौं–केरुङ रेलमार्गका विषयमा छलफल हुने विश्वास गरिएको थियो तर रेल विभाग र सम्बन्धित मन्त्रालयलाई बोलाइएन । यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।