मेडिकल माफियाका बिरुद्ध संर्घषरत प्रकाश चन्द गिरफ्तार

चितवन / मेडिकल माफियाहरुको लुटधन्धाका बिरुद्ध अवनरत रुपमा संर्घषरत चितवन मेडिकल कलेजमा अध्ययनरत बिधार्थी नेता प्रकाश चन्दलाई प्रहरीले आज बुधबार गिरफ्तार गरेको छ । चन्दलाई प्रहरीले आज बिहान चितवन मेडिकल कलेज परिसरबाटै गिरफ्तार गरेको हो ।

चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहानै झडप भएको थियो । चन्दलाई सोही स्थानबाट गिरफ्तार गरिएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । त्यसक्रममा प्रकाश चन्दसहित १८ जना गिरफ्तारीमा परेका हुन् । चन्दसहित गिरफ्तार विद्यार्थी नेताहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको चितवन प्रहरीले जानएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले चन्दको गिरफ्तारीको पुष्टि गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक चन्दलाई चितवन मेडिकल कलेजकै प्रमुख हरिशचन्द्र न्यौपानेले पक्राउ गराउन लगाएको भन्दै अहिले बिधार्थीहरु थप आन्दोलनमा उत्रिएका छन् ।