भरतपुर महानगरको फोहर फाल्न स्थानीय दुर्गन्ध पिडीतद्वारा अवरोध 

बाताबरण दुर्गन्धित बनाईएकोले फोहर फाल्न रोक लगाईएको हो : संर्घष समिती

२४, भदौ, चितवन । मंगलबार भरतपुरको फोहर ल्याण्डफिल्ड साईटमा जानै पाएन । उठाईएका फोहर हरु ट्याक्टरमै राखीए । ल्याडफिल्डसाईट ।भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणी दोभानका स्थानीयले आफ्नो टोल नजिकको नारायणी नदी किनारमा फोहर फाल्न रोक लगाएका छन ।
मंगलबार विहान ५ बजेबाट फोहर फाल्न रोक लगाएको ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिले जानकारी दिएको छ । संघर्ष समितिका संयोजक उत्तम श्रेष्ठका अनुसार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानियको समस्या लिएर जाँदा स्थानियको समस्या सुन्नुको सट्टा स्थानिय बासिन्दालाई हेयको दृष्टिले हेर्दै जे गर्न सक्छौं गर भन्दै धम्की दिएकाले आफुहरु फोहर रोक्न बाध्य भएको संयोजक श्रेष्ठले बताए ।
ल्याण्डफिल्ड प्रभावित स्थानियले सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षा लगायतका माग लिएर प्रमुख दाहालको कार्यकक्षमा पुग्दा माग सम्बोधन नभए फोहर फाल्न नदिने चेतावनी दिएका स्थानीय बासिन्दालाई रोकेर देखाउन प्रमुख दाहालले चुनौती दिएकाले बाध्य भएर संघर्ष गर्नु परेको संयोजक श्रेष्ठले बताए । स्थानीय बासिन्दाले अघि सारेका माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा फोहर फाल्न नदिने स्थानियहरुले बताएका छन् ।
फोहर लिएर आउने ट्याक्टर चालकबाट यहाँका महिला दिदी बहिनीहरु असुरक्षित भएको भन्दै महानगरले आफुहरुले उठाएको ११ बुँदे मागको सम्बोधन नभएसम्म फोहर फाल्न नदिने बताए । स्थानिय बुद्धि गुरुङ्गले भने महानगरकै फोहर बोक्ने ‘ट्याक्टर चालकले केही महिना अगाडी १३ बर्षीया बालिकालाई नगरवनमा बलात्कार गरे । हाम्रा छोरी चेली समेत असुरक्षित भएका छन्, यो ल्याण्डफिल्ड साईटको कारण के ‘यो महानगरपालिका भरीको फोहर ल्याएर फाल्ने ठाँउ हो ? उनले प्रश्न गर्दै भने त्यसैले हामी यस ठाँउमा फोहर फाल्न दिदैनौ’ उनले भने ।
गाँउलेहरुको २४ सै घण्टा नारायणी किनारमा पहरा
गत् सोमबार मागपत्र बुझाउन गएका गाँउलेलाई महानगर प्रमुखले हेपेर बोलेको भन्दै फोहर नारायणी दोभान क्षेत्रमा फोहर फाल्न रोक्न लागीपरेका स्थानियले सोमबार बेलुकाबाटै २४ घण्टा पहरा दिई फोहर फाल्न रोक लगाएका छन् । उनीहरु बिहान ५ बजेबाट सबै जम्मा भई आन्दोलनमै उत्रिएपनि फोहर बोकेका ट्याक्टर रोक्न आलोपालो गर्दै रातभर बसेको स्थानिय जिवन श्रेष्ठले जानकारी दिए माग पुरा नभएसम्म आन्दोन गर्ने उनले बताए ।
१० बर्षदेखि पबित्र नारायणी नदी किनारमा फोहर फालिँदै
बाताबरणबिदहरु किन मौंन ?
चितवनको ब्यापारिक केन्द्र नारायणगढ मुटु शहिदचोकबाट बाट एकाध किलोमिटर भित्रको नारायणी नदी किनारको यो क्षेत्रमा महानगरले विगत १० बर्षदेखि लापारबाहीपूर्ण तरिकाले फोहर फाल्दै आएको छ । नदीको बिच भङ्गालो तथा किनारमा फालिएको फोहर बर्षात र बाढीमा बगेर नदीमा प्रदुषित हुने गरेको स्थानिय बृद्धा दुर्गा परियारले बताईन् । यो क्रम निरन्तर चल्दै आएको र महानगरपालिकाको फोहरमा अस्पतालजन्य फोहर यहाँ फाल्दा स्थानियहरु बिरामी भईरहेको गाँउलेहरुको गुनासो छ । महानगरको फोहर र दुषित ढल नारायणी नदीमा मिसिदा नदी नै प्रदुषित बन्दै गएको छ । जलचरहरु विनास हुँदै गएको स्थानीयले गुनासो गरे । उनीहरुका अनुसार यहाँ अस्पतालजन्य फोहरका मरेका बच्चादेखि सालनाल काटिएका मानव अङ्ग, धारिला ब्लेड, प्याड लगायतका सामाग्रीहरू समेत नदी किनारमा फाल्ने गरिएको छ ।

भरतपुर महानगरले दैनिक ६५ टन फोहर यस क्षेत्रमा फाल्दै आईरहेको छ । महानगरले अन्यत्र फोहर फाल्ने स्थान नै नभएको लाचारी प्रस्तुत गर्दै नदी किनारमा फोहर फाल्नु वाध्यता भएको जनाउदै आएको छ ।
सरकारले भरतपुर महानगरपालिका वडा–११ को आँपटारीमा ल्याण्डफिल्ड साइट बनाउने भन्दै २०६८ सालमै जग्गा दिने निर्णय गरेपनि ढिलासुस्तीको कारण हालसम्म ल्याण्डफिल्डसाईट बनाउने कुनै शुरसार देखिदैन । महानगरले करीव १५ बिघा जमिन ल्याण्डफिल्ड साईटको लागी छुट्याएको भएपनि उपयोग गर्न ढिलाई गर्दा अब्ययस्थित तबरबाट फोहर फाल्दा स्थानिय समुदाय र नारायणीका जलचर थलचर प्राणीहरु निरन्तर प्रदुषणको शिकार भईरहेका छन् स्थानियको माग जायज भएपनि महानगर प्रशासनले किन सम्बोधन गर्न आलटाल गरेको हो त्यो भने बुझिनसक्नु छ ।