सन्देश फाउण्डेसनका सञ्चालक ढकाल काठमाण्डौबाट पक्राउ, चितवन ल्याइदै


                                                                                       फाईल फोटो
चितवन । चितवनको भरतपुर महानगरपालिका वार्ड नं. ३ बेलचोकमा कार्यालय रहेको सन्देश फाउण्डेसनका मुख्य सञ्चालक गौरव ढकाललाई ठगीको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकको नाम बेचेर ठगी गरेको आरोपमा ढकाललाई प्रहरीले काठमाण्डौबाट विहिवार दिउँसो पक्राउ गरी तिवन ल्याईदै गरिएको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए।
चितवन प्रहरीकाअनुसार ढकालले गृहमन्त्री रामबहादुर थापा ुबादलको सचिवालयमा काम गर्ने दावी गर्दै कानुनलाई हातमा लिने गरी बिभिन्न अबैध र असुली धन्दा गर्दै आएको र पिडीतहरुको उजुरीको आधारमा ढकाललाई पक्राउ गरिएको चितवन प्रहरीको दाबी छ। उनले सिडिओ र एसपीको नाम बेचेर ठगि गरीरहेको विशेष सुचनाका आधारमा पक्राउ गरीएको प्रहरीले बताएको छ ।
त्यस्तै मिटर व्याज कारोबारीमा पनि सम्लग्न भएको प्रमाण भेटिएकाले प्रहरीले पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनले बेलचोकस्थित आफ्नै कार्यालयमा विभिन्न व्यक्तिहरुलाई बोलाई जर्बजस्ती रुपमा कागज गराउने साथै चेक बाउन्स र लेनदेनको मुद्धा, अवैध ढुकुटी र मिटरव्याजको काम गर्दै आएको चितवन प्रहरीको दावी छ ।