अन्नपूर्ण तमु समाजको अध्यक्षमा बुद्धिमान तमु

अषाढ ७, चितवन । चितवनको भरतपुर ३ र ४ मा रहेका तमुहरुको सँस्था अन्नपूर्ण तमु समाजको प्रथम साधरण सभा तथा भेला सम्पन्न भएको छ । समाजका जेष्ठ सदस्य शेर बहादुर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बुद्धिमान तमुको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती निर्माण गरेको हो । समितीको उपाध्यक्षमा राजु घले, सचिवमा आकास तमु, कोषध्यक्षमा अनिता तमु, सहसचिवमा प्रेम बहादुर तमु, सदस्यहरुमा गज बहादुर, जीवन तमु, अन्जना तमु र शोभा तमु चयन भएका छन् । त्यस्तै भेलाले जित बहादुर तमुलाई संरक्षकको रुपमा चयन गरेको छ । भेलामा बिशेष अतिथीको रुपमा रहेका मान बहादुर तमु, सोम बहादुर तमु लगाएतका अतिथीहरुले तमुहरुको एकतामा जोड दिएका थिए । नवगठीत समाजले छरिएर रहेका तमुहरुको एकता र आपसी सहयोगको लागी काम गर्ने समाजका नवनिर्वाचित अध्यक्ष बुद्धिमान तमुले बताए ।