चाणक्यका यि जीवनपयोगी बिष्लेषण मनन गरौ


क्रोध यमराज हो।

तृष्णा वैतरणी नदी।

विद्या कामधेनु।

सन्तोष नन्दन वन – स्वर्गको बगैँचा हो।

यदि मुक्ति चाहनुहुन्छ भने काम, क्रोध, लोभ र मोहजस्ता विषयलाई विषझैँ छाडिदिनुस्।

सहनशीलता, सरलता, दया, पवित्रता र सच्चाइलाई अमृतजस्तै पिउनुस्। दृष्टिले जाँचेर गोडा चाल्नुपर्छ।

छानेर शुद्ध जल मात्र पिउनुपर्छ। मनले राम्रोसँग सोचे मात्र काम गर्नुपर्छ। शास्त्रद्वारा निर्देशित शुद्ध वाक्य बोल्नुपर्छ।

अर्काकी पत्नीलाई आमासमान, अर्काको धनलाई माटोसमान र सबै प्राणीलाई आफूसमान जसले देख्छ, त्यसले नै सबै थोक देख्छ।