अत्यधिक गर्मी र ‘लू’का कारण चौबिस घण्टामै भारतको बिहारमा ६६ को मृत्यु

 तामिलनाडुमा पानीको हाहाकार

भारतको बिहारमा भीषण गर्मी र लूको प्रभाव अत्यधिक फैलिएको छ जस कारण शनिवार चौबिस घण्टा नबित्दै ६६ मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् 
मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जनाको मृत्यु भएको छ 

लू बाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको छन भने प्रदेशका विभिन्न अस्पतालमा अझै पनि १ सय विरामीको उपचार भइरहेको जानकारीमा उल्लेख छ । सरकारले अस्पताललाई हाई अलर्टका रुपमा राखेको छ ।

केन्द्रीय स्वास्थ मन्त्री डा। हर्षवर्धन गर्मीमा कमी नआएसम्म घरबाट बाहिर ननिस्कन सबैमा आग्रह र अझैपनि गर्मीको प्रभाव फैलने चेतावनी दिएका छन् ्र

बिरामीमा १०८ डिग्रीसम्मको ज्वरो

डाक्टरका अनुसार ‘लू’ बाट प्रभावितहरुमा भाइरल ज्वरो आएको थियो । मर्ने मध्य अधिकाशं विरामीमा १०२ देखि १०८ डिग्री फरेनहाइट ज्वरो आएको उपचारमा संलग्न डाक्टरहरु बताउछन ्र

१०८ ज्वरो अत्यन्त खतरनाक अवस्था हो । त्यति ज्वरोको साथ अस्पताल आएका विरामी केही मिनेटमै मरेको बताइएको छ 

दिउँसो २ देखि ५ बजे बीच सबैभन्दा बढी मृत्यु

विरामीका उपचारमा संलग्न डाक्टर भी के प्रसादले उपचारको दौरान आफ्नो अस्पतालमा १५ मानिसको मृत्यु भएको संचारकर्मीलाइ जानकारी दिएका थिए ्र

विरामीलाई कडा ज्वारो, वान्ता आउने, टाउको दुख्ने, ज्यान दुख्नेजस्ता समस्यासहित आएका थिए ।

डा। प्रसादका अनुसार अधिकांश मृत्यु दिउँसो २ देखि ५ बजेबीच भयो ।

५२ वर्ष यताकै उच्च तापक्रम

शनिबार बिहारको तापक्रम अत्यधिक बढी थियो । यस कारण पनि लूको तीव्रता बढी छ ।

शनिवार पटनाको अधिकतम तापक्रम ४५।८ डिग्री थियो । यो तापमान सामान्यभन्दा ९ डिग्री बढी हो ।

सो दिन न्यूनतम तापक्रम पनि सामान्यभन्दा ४ डिग्री बढी रह्यो । पछिल्लो ४८ घण्टामा अधिकतम तापमानमा अधिकतम तापक्रममा ४।४ डिग्रीको वृद्धि देखियो ।

यो स्तरमा पटनाको अधिकतम तापक्रम दर्ता भएको सबैभन्दा उच्च तापक्रमलाई पनि उछिन्ने मार्गमा रहेको अनुमान गरिएको छ । पटनामा सन् १९६६ जुन ९ मा अहिलेसम्मकै उच्च ४६।६ डिग्री तापक्रम मापन गरिएको थियो ।

मृतक परिवारलाई ४ लाख सहयोग

विहारका मुख्यमन्त्री नीतिश कुमारले औरङ्गाबाद, गया र नवदामा भीषण गर्मी र लूको कारण मृत्यु भएका प्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई ४–४ लाख भारु मुआव्जा दिने बाचा गरेका छन् ।

उता भारतकै अर्को राज्य तामिलनाडुमा भने खानेपानीको हाहाकार भएको छ । खानेपानीको हाहाकार हुँदा तामिलनाडुमा मानिसहरु तडपिरहेको समाचारमा जनाईएको छ ।