भरतपुरको पुष्पाञ्जली हस्पिटलले पनि कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने

चितवन, जेठ २८/श्री पुष्पाञ्जली हस्पिटल प्रा।लि।भरतपुरले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने भएको छ ।

सरकारले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेकोमा पुष्पाञ्जली हस्पिटल पनि सूचीकृत भएको हो । चितवनमा रहेको अर्को अस्पतालले पनि यो सुबिधा प्रदान गरिसकेको छ । मेडिकल सिटीको रुपमा परिचित चितवनमा वैदेशिक रोजगारीमा जान चाहने कामदारहरुलाई स्वास्थ्य परीक्षणका लागि सहज हुनेछ ।
सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।