आज काठमाडौं उपत्यकामा भोटो जात्रा मनाइँदै

काठमाडौं । आज काठमाडौं उपत्यकामा भोटो जात्रा मनाइँदै छ ।

भोटो जात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।

भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ ।

रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याएको थियो ।