किन रिहा भएनन् प्रकाश कँडेल ?

२५, जेठ, भरतपुर । बहुचर्चित गौतमबुद्ध रंगाशालाको विवादका कारण गिरफ्तार भएका १८ जनामध्ये १४ जना केही दिन अघि नै रिहा भईसकेका छन् । हालसम्म प्रहरी थानामा रहेका लोकप्रिय युवा नेता प्रकाश कँडेल र भैरव बस्ताकोटीसहित चार जना सर्वपक्षीय सहमतिका आधारमा बिना शर्त रिहा हुने भनिएपनि हालसम्म रिहा भएका छैनन् ।

प्रमुख जिल्ला अधिकारीको आयोजनामा नेपाली काँग्रेसका सभापति जीतनारायण श्रेष्ठ, नेकपाका अध्यक्ष यमबहादुर परियार, प्रदेश सांसद विजय सुवेदी लगायत सम्मिलित बैठकले महानगरको असावधानीले दुःखद घटना भएकाले सो कारण स्थानीय जनताले दुःख पाउन नहुने भन्दै एक मतले निर्णय गर्दै हिजो राति जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा उपस्थित भमनपा १६ का टोलबासीलाई शुक्रबार प्रशासनिक प्रक्रिया पु¥याएर रिहा गर्ने आश्वासन दिएका थिए ।

तर सर्वपक्षीय बेठकमा भरतपुर महानगरपालिकाको प्रतिनिधित्व थिएन । मेयर रणु दाहाल बिशेष कामले काठमाण्डौं गएकोले आज आएपछि रिहा हुने भनिएपनि हालसम्म रिहा भएका छैनन् । बिशेष शुत्रका अनुसार उनलाई रिहा गर्ने भनिएको कागजमा लेखिएको भाषाको कारण उनले कागजको भाषा नसच्याएसम्म आफुहरु बरु भित्रै बस्ने तर गाँउलेको भावना र माग बिपरित नजाने भन्दै त्यो कागजमा सहिछाप गरी रिहा हुन नमानेको बुझिएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा बनिरहेको रंगशालालाई सो विश्वविद्यालय र त्रिविका उपकुलपतिको सहमतिमा २० विघा जग्गा प्रदान गरिएको छ । सो जग्गामा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य अघि बढाइरहेको छ ।
रंगशाला निर्माणको क्रममा केही विवाद भएर गत् जेष्ठ १५ गते डोजर लगाइएपछी बढेको बिवादका बिच १८जना पक्राउ परेका थिए । डोजरकाण्ड पछी आँफुहरुले गल्ती बोलेको भन्दै धुर्मुसले समेत माफी मागीसकेका छन् । यता प्रकाश कडँेल लगाएत सम्पूर्ण गाँउले रिहा भए पश्चात पहिले झैं स्थानिय बासि रंगाशाला निर्माणामा एक ढिक्का भएर लाग्ने गाँउलेहरुले प्रतिबद्धता जनाईसकेका छन् ।

यस्तोमा गाँउलेहरुलाई शिघ्र रिहाई गरी रंगशाला निर्माणलाई गति दिनुपर्नेमा हिजै रिहा गर्ने भनिएका प्रहाश कँडेहरुको रिहाई गर्न ढिला हुँदा बिभिन्न शकां उपशंका बढेर गएको एक स्थानियले बताए । उनले भने आज रिहा गरिएन भने भोलीबाट शसक्त आन्दोलन गर्नेछौं ।