हंस सहकारीद्धारा सहयोग हस्तान्तरण


हंस बहुउद्देश्यीय सहकारी संस्थाले भरतपुर महानगरपालिका – १६, विजयनगर स्थित श्रीदुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ । सस्ँथाका अध्यक्ष दिनेशकुमार चुकेले बिधार्थीहरुलाई रकम हस्तान्तरण गरेका हुन् ।उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत श्री मंगल बहादुर वि.क. (भुकम्प पिडित असाहय) र कक्षा ६ मा अध्ययनरत श्री कृति रेग्मी (विपन्न एवं अपाङग) लाई शैक्षिक कार्यमा सहयोग पुर्याउन जनही ६००० । ६००० रुपैया सहयोग प्रदान गरिएको हो । सो अवसरमा वोल्दै संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले यस्तो सहयोग ति बालबालिकाहरुका लागि २०७५ देखि शुरु भएको र यो निरन्तर हुने बताए । महिला उप समितिको आयोजनामा भएको सो कार्यक्रममा संचालक समिति सदस्य एवं महिला उप समिति संयोजक श्री राधादेवी आचार्य लामिछाने, महिला उप समिति सदस्य श्री सन्ध्या लक्ष्मी चुके एवं नेत्र कुमारी पौडेल, विजयनगर सेवाकेन्द्रका संयोजक श्री धु्रव ओझा, विद्यालयका प्राचार्य डिल्लीराम अधिकारी एवं विद्यालय परिवार तथा संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।