चितवन प्रहरी कार्यालय अबैध मिटरब्याज र ढुकुटीको रकम उठाउने अखडा बन्दैं

गैंह्रकानुनी ढुकुटी र मिटर ब्याज धन्दा सञ्चालन गर्ने यी लेडि डनलाई कार्बाही कस्ले गर्ने ?

सुर्य बराल । २२ गते । चितवन । आजकल जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिक जसो ठुलो भिड लाग्ने गर्दछ । धरै लेनदेनका केशहरु आउने गरेको चितवन प्रहरीमा पछिल्लो समय चेक बाउन्स र लेनदेनको नाममा आउने अधिकांश केशहरु अबैध मिटरब्याज र अबैध ढुकुटीको हुने गरेको खुल्नमा आएको छ । केही समय यता प्रहरीले चेक बाउन्सको केश हेर्ने नाममा जान अन्जानमा अबैध मिटरब्याजी र अबैध ढुकुटी सञ्चालकहरुको अबैध असुलीको सबैभन्दा शक्तिशाली माध्यम बन्न गएको देखिन्छ । प्रहरी प्रशासन नजिक रहेका र आफुलाई स्वघोषित समाजसेवी भन्नेहरु देखि अधिकांश महिलाहरु यो अबैध धन्दामा सामेल रहेको पाईन्छ । अबैध ढुकुटी र मिटरब्याज सञ्चालकहरुले आफ्नो प्रभावमा पारी केही प्रहरीहरुलाई प्रयोग गरेको कारणले गर्दा सोझा सिधा आम सर्बसाधरणहरुलाई प्रहरी कार्यालयकै परिसर भित्र बन्दक बनाउने र डर त्रासपूर्ण बाताबरण बनाई तमसुकमा जबरजस्ती सहिछाप गर्नुका साथै चेक दिन समेत बाध्य पारिएको स्वंय पिडीतहरुले बताएका छन् ।
भण्डाफोर अभियानले गरेको अध्ययन अनुसन्धान अनुसार नारायणगढमा दर्जनौं ठुला ढुकुटी सञ्चालनमा रहेका छन् । साना ठुला गरि चितवनमा मात्र सयौको सख्यामा अबैध ढुकुटी सञ्चालन भईरहेको पाईएको छ । त्यस्तै चितवनमा मिटरब्याजको धन्दा गर्नेहरुको पनि ठुलै जमात भेटिन्छ । चितवनमा मिटरब्याजको धन्दा गर्नेहरु ५ दर्जनभन्दा बढी रहेको पाईएको छ । अधिकांश ढुकुटी सञ्चालक नै मिटरब्याजी पाईएको छ ।
चितवनमा को को छन् त् यो धन्दामा ?
चितवनको नारायणगढमा सबैभन्दा बढी अबैध ढुकुटी र मिटरब्याजको धन्दा हुने गरेको भेटिएको छ । नारायणगढका कतिपय भाडाखाने घरधनीहरुले लगानी गर्ने यस्तो धन्दामा अधिकांश महिलाहरु साथै कतिपय रिकन्डीसन सञ्चालकहरु पनि यो धन्दामा रहेको पाईएको छ । यस्तो धन्धामा मुख्य रुपमा भरतपुर २ क्षेत्रपुरकी रेणु मुल्मी (श्रेष्ठ) र गोर्खा स्थायी ठेगाना भई भरतपुर २ बिक्रममार्गमा बस्ने जुलु गुरुङ्ग रहेको बुझिएको छ । मुल्मी र गुरुङ्गले सयकडा मासिक रु २० देखि रु ३० सम्म लिने गरेको उनीहरुद्वारा पिडीतहरुको गुनासो छ । त्यस्तै भरतपुर २ कै शान्ता तिवारी, सोही स्थानकी क्रमश ः गंगा कुमाल, नितु गिरी, बिष्णु पुलामी मगर, लक्ष्मी अधिकारी लगाएतका रहेका छन् । नारायणगढकै बिष्णु रायमाझी, रामकुमार लामा भन्ने ट्याटुवाला, भरतपुर ७ कृष्णपुरकी सिता सेढाँई, लक्ष्मी ढकाल र गिता पौडेल लगाएतका रहेको बुझिन आएको छ । त्यस्तै, नारायणगढमा सुनचाँदी र कपडाको ब्यापार गर्ने बरिष्ठ तथा आफुलाई प्रतिष्ठीत ब्यबसायी र समाजसेवी भन्नेहरु पनि यस्तो धन्दामा लिप्त रहेको पाईएको छ । त्यस्तै, टाँडी, पर्सा, रामपुर र नवलपुरको गैडाकोटमा यस्तो धन्दा गर्नेहरुले खुलेआम अबैध धन्दा सञ्चालन गरेको देखिन्छ ।
को को छन् त् अबैध धन्दाको सहयोगी र मतियार
यस्तो धन्दालाई सहयोग गर्नेहरुमा अग्रपंक्तिमा बिगतमा गुण्डागर्दी गर्नेहरु, हाटहुटे राजनिती र कमाउ धन्दामा लाग्ने स्वघोषित नक्कली समाजसेवीहरु, ब्यबसायीको नाममा कुनै ब्यबसाय नै नगरेका फकलन्ठुहरु र एकाध बर्दीधारी प्रहरीहरु समेत रहेको पाईएको छ ।
त्यस्तै, र्याब सेन्टर खोलेका केही युवाहरुलाई समेत यस्तो धन्दाको उठन्ते कार्यमा प्रयोग गरेको पाईएको छ । कहिले प्रहरी त् कहिले गुण्डा प्रयोग गरि सर्बसाधरणलाई जर्बजस्ती कागज र डबल रकमको चेक वा ब्ल्यांक चेक लिने गरेको पाईन्छ । एक अध्ययन अनुसार जिल्ला प्रहरी कार्यलयमा आउने ६० प्रतिशत भन्दा बढी लेनदेन र चेक बाउन्सका केश यस्तै मिटरब्याजी र ढुकुटीको हुने गरेको पाईएको छ । कतिपयले माथीबाटै प्रहरी र राजनितीक नेताहरुको शक्तिको सेटिङ्ग मिलाई प्रहरीलाई समेत दबाब र प्रभावमा पारी यस्तो अबैध धन्दाको रकम असुली गरिरहेको समेत पाईएको छ । चितवनमा अबैध आर्थिक कारोबार गर्ने यस्ता गिरोहहरु नै सक्रिय रहेको समेत पाईएको छ ।
यस्ता गिरोहहरु आफुलाई समाजसेवी, ब्यबसायी, सहजकर्ता भन्ने गर्छन तर यीनीहरुको खासमा असली धन्धा भनेको मिटरब्याज र ढुकुटी नै रहेको देखिन्छ । त्यति मात्र होईन यस्ता धन्दा गर्नेहरुले कतिपयको जग्गा नै आफ्नो नाममा ल्याई सर्बसाधरणको बिल्लीबाठ गराईदिएको ज्वलन्त प्रमाणहरु समेत रहेको छ । त्यस्तै कतिपयले त् मिटरब्याज र ढुकुटीको चर्को ब्याज तिर्न नसक्दा आफ्नो जग्गा घर सबै तिनैलाई सुम्पिएर आफु भाडामा बसेको समेत देखिएको छ ।
एसपी फेरिए सँगै किन हौसिए यस्तो धन्दा गर्नेहरु ?
चितवनको नारायणगढमा अबैंध मिटरब्याज र ढुकुटीको धन्दा सञ्चालकको रुपमा कुख्याती कमाएका जुलु गुरुङ्ग र रेणु मुल्मी(श्रेष्ठ)ले एसपी फेरिएसँगै आफ्नो मिटरब्याज र अबैध कारोबारहरुलाई बढाएका छन् । उनीहरुको अहिले दैनिक जसो बास जिल्ला प्रहरी कार्यालयमै हुने गरेको छ । उनीहरुले अबैंध धन्दा गर्ने गरेको थाहा पाई पाई पनि उनीहरुको अबैंध कारोबारको रकम उठाउन प्रहरीहरु लाग्नु पद तथा बर्दीकै दुरुपयोग भएपनि किन उनीहरुको रकम उठाउन प्रहरी लागीरहेको छ, त्यो आम आशंकाको बिषय बनेको छ । बिगतमा ढुकुटीको रकम भनि माग्न डराउनेहरु पनि अहिले एसपीको कार्यकक्षमै ढुकुटीको यति रकम उठाईदिनुप¥यो भन्दै लाग्ने गरेको स्वंय पिडीतहरु बताँउछन् ।
कार्यालय परिसरमैं राखी जर्बजस्ती सहिछाप हुने गरेको तथ्य सार्बजनिक

अबैंध मिटरब्याज र ढुकुटीको धन्दामा कुख्याती कमाएकी जुलु गुरुङ्गले गत् जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा दिएको ‘तमसुक गरी दिएको रकम दिलाई भराई पाँउ भनि दिएको उठन्ते निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालयले जेठ १५ गते नारायणगढकी एक महिलालाई प्रहरी कायालयको हाताभित्र राखी बिभिन्न धाक धम्की दिई आफुलाई जर्बजस्ती अर्को तमसुकमा सहिछाप गर्न लगाएको ति पिडीतले भण्डाफोर अभियानलाई बताईन् । उनका अनुसार आफ्नो श्रृमान बाहिर भएको बच्चाबच्ची स्कुलबाट फर्किसकेको र आफु घर नगएमा बच्चाहरु राईकराई गर्ने अवस्था आएकाले आफुले बाध्यतामा परि सहिछाप गरेको बताईन् । आफुबाट गुरुङ्गले लिएको रकम हिसाब गर्दा तिनगुना रकम गईसकेको ति पिडीतले बताईन् । प्रहरीमा त् दुबैपक्षको कुरा सुन्नु पर्नेमा आफ्नो कुरा कसैले नसुनेको बरु उल्टै प्रहरीले समेत धम्काएको उनले दुखेसो पोखिन् । त्यस्तै नारायणगढकै अर्की एक महिला अप्रेशन गरेर बेडरेष्ट गरेको अवस्थामा एसपी दानबहादुर मल्लकै निर्देशनमा उनलाई जर्बजस्ती प्रहरी कार्यालय बोलाईयो । मिटरब्याज धन्दाकी अर्की रेणु मुल्मीको मौंखिक निवेदनको आधारमा प्रहरीले उनलाई चौंकी नआए घरबाटै उठाउने धम्की दिएको पिडीतले बताईन् । सोमबार प्रहरी कार्यालय अगाडी नै बेहोस भएपछी उनको नारायणी सामुदायिक अस्पतालमा आकस्मिक उपचार गर्नु परेको उनका श्रीमान दिलकुमारले बताए । आफुहरुले कुनै रकम तिर्नुछैन भन्दा भन्दै र यस अघि नै जिल्ला प्रहरी, वडा कार्यालमा कुनै लेनादेना नभएको प्रमाण्ति भईुकेको अवस्थामा समेत प्रहरीले बिना कारण दुःख दिएको ति पिडीतले बताए ।
अबैध कारोबारको उठन्तेमा प्रहरी किन लाग्ने ?
आर्थिक अपराध सरहको अबैध ढुकुटी र मिटरब्याजीहरुको रकम उठाउने कार्यमा प्रहरी लाग्नु आफैमा शंकास्पद देखिन्छ । बैंकिंग कारोबार जस्तै तर अबैध यस्ता आर्थिक कारोबारले एकातिर राष्ट्रलाई नोक्शान पु¥याउछ भने अर्कोतिर आम सर्बसाधरण ठगीईरहेका छन् । यस्तो आर्थिक अपराध गर्नेहरुको कालो बजार बढने गरी, उनीहरुको हौंसला र मनोबल बढनेगरी उठन्ते धन्दामा लाग्ने केही प्रहरीहरुले गर्दा प्रहरी प्रशासनको बदनामी भईरहेको छ । यस्ता उठन्ते धन्दामा लाग्नु भनेको कुनै न कुनै रुपमा लाभावन्तीत हुनु हो । या कुनै प्रलोभन वा प्रभावमा परेर गर्नु हो । जे जसरी गरे पनि यस्तो अबैध धन्दावालहरु जस्लाई आर्थिक अपराधमा कार्बाही गर्नुपर्ने हो उनीहरुसँगै मिली आमसर्बसाधरणलाई बर्दीको आडमा धम्क्याउनु र असुली गर्न सहयोग गर्नु प्रहरी कार्यालयमा कार्यरत केही प्रहरीहरुको गम्भिर गल्ती हो जसलाई बेलैमा सच्याउन जरुरी छ ।
यर्सथ, अबैध रुपमा करोडौको आर्थिक कारोबार गर्नु कानुनत्ः अपराध हो । यस्तो अपराधिक कार्य त्यो पनि गुण्डा र स्वंय कानुन कार्यन्वयन गर्ने निकाय प्रहरीका केही अधिकृत प्रयोग भई सर्बसाधरणलाई धाकधम्की दिने, ठग्ने, लुटने कार्य भईरहँदा प्रहरी प्रशासन बेखबर जस्तै गरि बेवास्ता गर्नु गैंह्रकमनुनी कार्य गर्नेहरुलाई उत्साहित पार्न खोज्नु हो । डरले गर्दा कयौं सर्बसाधरण पिडीतहरु प्रहरी प्रशासनसम्म आउदैनन् । कतिपय बहालवाला र पुर्ब प्रहरीहरुको समेत यस धन्दामा प्रत्यक्ष अप्रत्यक्ष सम्लग्नता रहेको कारणले पनि पिडीतहरु डराईरहेको देखिन्छ । चेकको रियालिटी र लेनदेन गर्ने दुबै पक्षको कुरा नसुनी धम्की दिनु अपराधीहरुकै मतियार बन्नु सरह हो । अत्ः यस तर्फ स्थानिय सरकार र प्रहरीको उपल्लो तह, प्रशासन केन्द्रिय सरकारको गृहप्रशासनको समेत ध्यान जान जरुरी देखिन्छ ।
आजको भण्डाफोर अभियान साप्ताहिकबाट