चितवनको रामपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला हुने

चितवन,जेठ १९रचितवनको रमपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला २०७६ आयोजना हुने भएको छ । कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक कृषि प्रदर्शनी एवम् कृषक मेला आयोजना गर्न लागेको जनाएको छ । ‘कृषि ज्ञान र प्रविधि, विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ यहि जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी आयोजना गर्न लागिएको हो । विश्वविद्यालयले आज ९आइतवार० पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको छ । विश्वविद्यालय स्थापनाको दशौँ स्थापना दिवसको अवसर पारेर मेला आयोजना गरिएको हो ।

कृषि तथा बन विज्ञान विश्वविद्यालयको परिसर रामपुरमा आयोजना हुने कृषि प्रदर्शनी एवम् कृषक मेलामा विश्वविद्यालयको बिशेष स्टलसहित कृषि प्रविधि र कृषकका ५० वटा स्टल रहने कृषि प्रदर्शनी एवम् कृषक मेला मूल आयोजक समितिका संयोजक एवम् विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा।मनराज कोलाक्षपतिले जानकारी दिए । कृषि प्रदर्शनीमा विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले विकास गरेका प्रविधिबारे पनि कृषकलाई जानकारी गराइने उनले बताए ।
कृषक, विद्यार्थी, कृषि पेशाकर्मी कृषि प्राविधिक, कृषि उद्यमी एवम् कृषि मेशिनरी व्यवसायीबीच सहकार्य, अन्तक्र्रिया र समन्वयलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै समग्र कृषि क्षेत्रको उत्पादकत्व बढाउँदै समृद्ध नेपाल निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कृषि प्रदर्शनी एवम् कृषक मेला गर्न लागिएको संयोजक कोलाक्षपतिले बताए ।

कृषि प्रदर्शनी एवम् कृषक मेलाको सह आयोजकमा प्रदेश नम्वर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भरतपुर महानगरपालिका तथा प्रवद्र्धकमा उद्योग वाणिज्य संघ चितवन रहेको छ ।
कार्यक्रममा कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपती प्रध्यापक डा।इश्वरी प्रसाद ढकाल,डिन डा।सारदा थपलिया,साहयक डिन कल्याणि मिश्र लगाएतको सहभागिता रहेको थियो ।